ग्लोबलको शाखारहित बैकिङ सेवा मेलौलीमा, वित्तीय सेवा नपुगेको स्थानमा सेवा पुयाउने लक्ष्य

बिजमाण्डू
२०७२ जेठ १४ गते ००:०० | May 28, 2015
काठमाडौं । ग्लोबल आइएमई बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमसँगको सहकार्यमा बैतडी जिल्लाको मेलौलीमा ३४औं शाखारहित बैकिङ सेवा संचालनमा ल्याएको छ ।

बैंकले मेलौलीमा आधारभुत बैंकिङ सेवा पुर्याउने उद्धेश्यले शाखारहित बैंकिङ्ग सेवा सञ्चालन ल्याएको जनाएको छ । शाखारहित सेवाको उद्घाटन स्थानीय मनिदत्त उच्चमाविका  प्रधानाध्यपक देवदत्त कलौनी गरे । बैंकको सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी जोगराज ओझालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

Tata
GBIME
Nepal Life

सुदुरपश्चिम क्षेत्रका बासिन्दालाई वित्तिय सेवा पुर्याउने उद्धेश्यले बैंकले  बैतडी जिल्लाको पाटन नगरपालीकामा र डडेलधुरा जिल्लाको जोगबुढामा एक्सटेन्सन काउण्टर मार्फत आफ्नो सेवा सञ्चालन मा ल्याइसकेको छ । बैंकले ८५ शाखा ८९ एटिएम, ३४ शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दे आईरहेको छ ।