चीनकी पेरेन्ना होइ बनिन् सन्सारकै कान्छी अरबपति, फेसबुकका मोस्कोवित्जलाई पनि पछि पारिन्

बिजमाण्डू
२०७२ जेठ १५ गते ००:०० | May 29, 2015

Tata
GBIME
Nepal Life

हङकङ । चीनकी एक युवति सन्सारकै कम उमेरकी अरबपति बनेकी छन् । २४ बर्षिया पेरेन्ना होइ टिङले फेसबुकका सह–संस्थापक डस्टिन मोस्कोवित्जलाई पछि पार्दै सन्सारकै कम उमेरकी अरबपतिको स्थान सुरक्षित गरेकी हुन् ।

 
एक अर्ब ३० करोड अमेरिकी डलर बराबरको सम्पतिकी मालिक्नी पेरेन्नलाई अरबपतिहरुको सुची सार्वजनिक गर्ने फोबर्स म्यागेजिनले पनि माथिल्लो सुचिमा राखेको छ ।


 
सरकारी समाचार एजेन्सीले एउटा रिपोर्ट सार्वजनिक गर्दै लेखेको छ– चीनका रियलस्टेट डेभपर्स लोगाना प्रपर्टीका अध्यक्ष तथा मूल्य कार्यकारी जी हेपेङकी २४ बर्षिया छोरी पेरेन्ना सन्सारकै कान्छी अरबपति हुन् । 
 
उनी लोगाना प्रपर्टीकी गैरकार्यकारी निर्देशक पनि हुन् । लन्डन युनिभर्सिटीबाट स्नातक गरेकी पेरेन्न हङकङमा बस्छिन् । लोगाना प्रपर्टीमा उनको ८५ प्रतिशत सेयर हिस्सा छ । उनीअन्तर्गत करिव दर्जन कम्पनीहरु सञ्चालित छन् ।