पूर्वाञ्चल विश्वविद्यालयले माग्यो ३२ जना कर्मचारी, ड्राइभरदेखि मुख्य सहायकसम्म पदपूर्ती हुने

बिजमाण्डू
२०७२ असार ६ गते ००:०० | Jun 21, 2015
पूर्वाञ्चल विश्वविद्यालयले माग्यो ३२ जना कर्मचारी, ड्राइभरदेखि मुख्य सहायकसम्म पदपूर्ती हुने

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले करारमा ३२ जना कर्मचारी भर्ना गर्ने भएको छ । विश्वविद्यालयले आइतबार सूचना प्रकाशित गरेर कर्मचारी माग गरेको हो ।



विश्वविद्यालयले सार्वजनिक गरेको सूचना अनुसार प्रशासन तर्फ आठजना मुख्य सहायक, लेखातर्फ मुख्य सहायक चारजना, मुख्य सहायक भण्डारमा तीनजना, १५ जना सहायक र दुईजना सवारी चालक माग गरिएको छ ।



पूर्वाञ्चल विश्वविद्यालयमा काम गर्न चाहनेले १५ दिन भित्रमा आवेदन दिनुपर्नेछ । आवेदकको वस्तुगत परीक्षा र अन्तर्वार्ता दुवै हुने विश्वविद्यालयले जनाएको छ । उनीहरु १८ वर्ष पुरा भइ ४० वर्ष नकटेको हुनु पर्ने पनि विश्वविद्यालयले जनाएको छ ।




Tata
GBIME
Nepal Life