राष्ट्र बैंकले माग्यो ३१ अधिकृत, साउन १० अन्तिम म्याद

बिजमाण्डू
२०७२ असार १३ गते ००:०० | Jun 28, 2015
राष्ट्र बैंकले माग्यो ३१ अधिकृत, साउन १० अन्तिम म्याद

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रशासनतर्फ अधिकृत तृतीय* तहमा ३१ जना जनाको आवेदन खुलाएको छ । यो दुवै पदमा आवेदन दिन चाहनेले साउन १० गते भित्रमा आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकका अनुसार अधिकृत तृतीय प्रशासन तर्फ माग गरिएको २५ जनाले जागिर पाउनका लागि वाणिज्य, अर्थशास्त्र वा जनप्रशासनमा स्नातकोत्तर गरेको हुनुपर्छ । 

प्रशासनकै अरु ६ जनाले भने सिए, एसिसिए जा सिपीए गरेको हुनुपर्नेछ ।दरखास्त दिन चाहने उम्मेदवारको उमेर हद ३५ वर्ष तोकिएको छ । महिलाका लागि भने ४० वर्ष तोकिएको राष्ट्र बैंकले जनाएको छ । 

*भूलबस अधिकृत द्वितीय हुन गएकोमा सच्याइएको छ । सं.