लुम्बिनी बैंकले प्रधानमन्त्री कोषमा जम्मा गर्यो एक करोड, प्रधानमन्त्रीलाई चेक हस्तान्तरण

बिजमाण्डू
२०७२ असार १३ गते ००:०० | Jun 28, 2015
लुम्बिनी बैंकले प्रधानमन्त्री कोषमा जम्मा गर्यो एक करोड, प्रधानमन्त्रीलाई चेक हस्तान्तरण
काठमाडौं । लुम्बिनी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा एक करोड दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ बराबरको सहयोग रकम हस्तान्त्रण गरेको छ । 
 
सहयोगको चेक बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले प्रधानमन्त्री सुशील कोइरालालाई प्रधानमन्त्री निवास बालुवाटारमा आईतबार हस्तान्तरण गरे । 
चेक हस्तान्तरण कार्यक्रममा गभर्नर डा. चिरञ्जीवी नेपाल, बैंकका सञ्चालक समितिका सदस्य रामकाजी कोने, तथा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तको पनि उपस्थिति थियो ।
 
अध्यक्ष श्रेष्ठले नेपालको पुननिर्माणको लागि हालै सम्पन्न अन्तराष्ट्रिय दाता सम्मेलनबाट जुटेको सहयोगको प्रतिबद्धताको सराहना गर्दै यसबाट देशलाई आर्थिक विकास र  प्रगतिको बाटो उन्मुख गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । 
 

Tata
GBIME
Nepal Life