चोकोफन बिग फन बजारमा उपलब्ध, पाँच वर्षको अनुसन्धानपछि १० रुपैयाँको चकलेट आयो

बिजमाण्डू
२०७२ असार १३ गते ००:०० | Jun 28, 2015
चोकोफन बिग फन बजारमा उपलब्ध, पाँच वर्षको अनुसन्धानपछि १० रुपैयाँको चकलेट आयो
काठमाडौं । सुजल फुड्सले नयाँ उत्पादन बजारमा ल्याएको छ । चोकोफन बिग फन नाम दिइएको नयाँ उत्पादनको खुद्रा मूल्य १० रुपैयाँ तोकिएको छ । यसअघि चोकोफन पाँच रुपैयाँको प्याकेटमा उपलब्ध हुँदै आएको थियो । 

Tata
GBIME
Nepal Life


 

चोकोफन बिग फनमा कुरमुराहट पूर्ण वेफर, चकलेट र आकर्षक भेनिलाको स्ट्राइप्स रहेको कम्पनीले जनाएको छ । सुजल फुडले आफ्नो ब्राण्ड चोकोफन नेपालकै नम्बर एक चकलेट ब्राण्ड भएको पनि जनाएको छ । कम्पनीले पाँच वर्ष लामो अनुसन्धानपछि नयाँ उत्पादन बजारमा ल्याएको जनाएको छ । 
 
चोकोफन बिग फन चोकोफन ब्राण्डको लोकप्रिय रातो रङको ¥यापरमा आउने छ । यो चकलेट ६० वटाको प्लाष्टिक बट्टा र १२ वटाको रिटेल प्याकमा पाइने कम्पनीले जानकारी दिएको छ ।