कर्मचारी संचय कोषले माग्यो ५५ जना स्थायी कर्मचारी, वरिष्ठ कम्प्युटर सहायकदेखि सिएसम्म माग

बिजमाण्डू
२०७२ असार १४ गते ००:०० | Jun 29, 2015
कर्मचारी संचय कोषले माग्यो ५५ जना स्थायी कर्मचारी, वरिष्ठ कम्प्युटर सहायकदेखि सिएसम्म माग

काठमाडौं । कर्मचारी सञ्चयकोषले बिभिन्न पदमा ५५ जना कर्मचारी माग गरेको छ । सोमबार गोरखापत्रमा सूचना प्रकाशित गरी सञ्चय कोषले बरिष्ठ कम्प्युटर सहायकदेखि चार्टर्ड एकाउन्टेन सम्मका पदहरुमा कर्मचारी माग गरेको हो।

Tata
GBIME
Nepal Life

नवौं तहमा बरिष्ठ प्रबन्धक पदमा एक जना चार्टर्ड एकाउण्टेन माग गरिएको छ। यसका लागि चार्टर्ड एकाउन्टेन्सी कोर्स पास गरेर तीन वर्षको अनुभव भएको ब्यक्ति माग गरिएको छ।

त्यस्तै प्रशासन तर्फको शाखा अधिकृतमा ८ जना माग गरिएको छ। जसमा ५ जना खुला तथा महिला, आदिवासी जनजाति र अपाङ्ग एक/एक जना माग गरिएको छ। यो पदका लागि स्नातकोत्तर पास गरेकाहरुले आवेदन गर्न सक्नेछन्। कोषले प्रमुख सहायक पदमा ४३ जना कर्मचारी माग गरेको छ।

जसमध्ये खुला प्रतिस्पर्धाबाट २३, महिला ७ जना, आदिवासी जनजाति ६ जना, मधेशी ४ तथा दलित, मधेशी र पिछडिएका क्षेत्रका एक कए जना माग गरिएको छ। यो पदका लागि स्नातक पास भएकाहरुले आवेदन गर्न सक्नेछन्।

त्यस्तै बरिष्ठ कम्प्युटर सहायकमा तीन जना माग गरिएको छ। जसमा खुला दुई जना र महिला एक जना माग गरिएको छ। यसका लागि कम्प्युटर विषय लिइ प्रविणता प्रमाणपत्र पास गरेको, वा प्रमाणपत्र तह पास गरेर रजिस्टर्ड संस्थाबाट ६ महिनाको कम्प्युटर तालिम लिएकाहरुले आवेदन गर्न सक्नेछन्।

सबै पदका लागि उमेरको हद २१ देखि ३५ वर्ष तोकिएको छ। तर महिला कोटामा ४० वर्षसम्मकाले आवेदन गर्न पाउनेछन्। यी पदहरुमा छनोट हुन आवदेकले लिखित परीक्षा र अन्तर्वार्ता पास गर्नुपर्छ। आवदेन फारम साउन १२ गतेसम्म कर्मचारी सञ्चयकोषको मानव संसाधन तथा आन्तरिक व्यवस्थापन बिभाग पुल्चोकमा बुझाउनुपर्नेछ ।

सबै पदको फारमका लागि यहाँ क्लिक गर्नुहोस ।

चार्टर्ड एकाउण्टेन्टको पाठ्यक्रमका लागि यहाँ क्लिक गर्नुहोस ।
शाखा अधिकृतको पाठ्यक्रमका लागि यहाँ क्लिक गर्नुहोस । 
प्रमुख सहायक पदको पाठ्यक्रमका लागि यहाँ क्लिक गर्नुहोस ।
वरिष्ठ कम्प्युटर सहायकको पाठ्यक्रमका लागि यहाँ क्लिक गर्नुहोस ।

फारम र पाठ्यक्रम डाउनलोड गर्नका लागि पपआउट गर्नु होला