मसला कटेज रेष्टुरेन्ट अब टेकुको विजिनेस पार्कमा, रेष्टुरेन्टको उद्घाटन उपराष्ट्रपती झाले गरे

बिजमाण्डू
२०७२ असार १४ गते ००:०० | Jun 29, 2015
मसला कटेज रेष्टुरेन्ट अब टेकुको विजिनेस पार्कमा, रेष्टुरेन्टको उद्घाटन उपराष्ट्रपती झाले गरे
काठमाडौं । डिभी ग्रुप अफ कम्पनीज अन्तर्गतको मसला कटेज रेष्टुरेन्ट एन्ड ब्याङक्वेटले शाखा विस्तार गरेको छ । दुई दशकभन्दा वढी समयदेखि उद्योग, व्यापार, संचार र सेवा सम्वन्धि व्यवसायमा रहेको कम्पनीले विगत चार बर्षदेखि खानपिन तथा अतिथि सत्कार व्यवसाय सुरु गरेको हो । 
 
 मसलाले टेकुस्थित काठमाडौं विजनेश पार्कमा दोस्रो शाखा खोलेको हो । शाखाको उद्घाटन उपराष्ट्रपति परमानन्द झाले गरेका छन् । रेष्टुरेन्टको पहिलो शाखा बानेश्वरमा छ । कम्पनीले चाँडै जनकपुरमा अर्को शाखा खोल्ने व्याङक्वेटका अध्यक्ष विश्वनाथप्रसाद शाहले जानकारी दिए । 
 
रेष्टुरेन्टमा सेमिनार, पार्टी तथा कर्पाेरेट मिटीङसमेत गर्न सकिने छ । नयाँ शाखामा ३० सिटको एक्जुकेटिभ लाउन्जसहित ३०० जना क्षमता भएको पार्टी हल र पर्याप्त पार्किङ छ । 

Tata
GBIME
Nepal Life