हुण्डाइको अफरका विजेताले पाए उपहार, दुई वटा गाडी र १० जाेडीलाई मलेशिया-थाइल्याण्डको ट्रिप

बिजमाण्डू
२०७२ असार १४ गते ००:०० | Jun 29, 2015
हुण्डाइको अफरका विजेताले पाए उपहार, दुई वटा गाडी र १० जाेडीलाई मलेशिया-थाइल्याण्डको ट्रिप


काठमाडौं । नेपाल स्थित हुन्डाइको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई दशै तिहार—मिस्सी, बादशाह, एक्का अफर’का विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । दशै तिहारको उपलक्ष्यमा यो अफर लागु गरेको थियो । 

Tata
GBIME
Nepal Life


 

कम्पनीले सोमबार थापाथली स्थित सोरुममा कार्यक्रम आयोजना गरेर पुरस्कार वितरण गरेको हो । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष गणेश बहादुर श्रेष्ठ, सार्वजनिक न्याय मञ्चका महासचिव तथा उपभोक्ता मञ्च नेपालका सदस्य बिमला खनाल र मिस नेपाल इभाना मानन्धरले पुरस्कार वितरण गरे । 
 
यो अफर अन्तर्गत लक्की ड्र मार्फत मिस्सी, वादशाह, एक्काको साथसाथै पाँच लाख सम्मको नगद छुट थियो । जसमा हुन्डाइ गाडीको खरिद गर्दा मिस्सी अन्तर्गत १० जोडीलाई  मलेशिया र थाइल्याण्डको होलिडे ट्रिप, वादशाह अन्तर्गत एक जनालाई हुण्डाई आइ२० गाडी र एक्का अन्तर्गत एक जनालाई हुण्डाई भर्ना १.४ गाडी उपहार उपलब्ध गराइएको थियो । 

कुपन नम्बर ३९८ का नवराज वानियाँलाई वादशाह परेको थियो । उनलाई हुण्डाई आइ२० गाडी उपलब्ध गराइएको छ । कुपन नम्बर २३१ का कृष्ण प्रसाद लम्साललाई एक्का परेको थियो । उनले सोमबार हुण्डाई भर्ना १.४ गाडी पाएका छन् । 


 

त्यस्तै लक्डी ड्र मिस्सी परेर मलेशियाल र थाइल्याण्डको हाेलिडे ट्रिप पाउने ग्राहकमा कुपन नम्बर ९९ का होटल द डबल ट्रि, कुपन नम्बर २१४ का विनोद सुवेदी, कुपन नम्बर २५८ का रविन्द्र खड्गी, कुपन नम्बर ३८६ का डा. कुवेर कुमार रेग्मी, कुपन नम्बर ५१८ का हरि प्रसाद सुवेदी छन् ।

याे पुरस्कार पाउने अन्य ग्राहकमा कुपन नम्बर ५९९ का मधु जनरल स्टोर्स, कुपन नम्बर ६३७ का भर्ग सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेड, कुपन नम्बर ६३८ का डा. कन्चन अधिकारी, कुपन नम्बर ६६३ का सिता रिजाल र कुपन नम्बर ९७३ का गणेश ट्रेडिङ्ग सेन्टर रहेका छन् । 
 

कम्पनीले यो योजना २०७१ भदौ ९ देखि कार्तिक १२ गते सम्म सञ्चालन गरेको थियो ।