टाटाले स्टार बस अल्ट्राको नेपालमा विक्री सुरु, ३५ देखि ५० लाख मूल्य, स्कुल कलेजलाई उपयुक्त

बिजमाण्डू
२०७२ असार १५ गते ००:०० | Jun 30, 2015
टाटाले स्टार बस अल्ट्राको नेपालमा विक्री सुरु, ३५ देखि ५० लाख मूल्य, स्कुल कलेजलाई उपयुक्त
काठमाडौं । टाटा माटर्सको नेपालका लागि अधिकृत विक्रेता सिप्रदी ट्रेडिङले टाटा स्टार बस अल्ट्राको विक्री सुरुवात गरेको छ । कम्पनीले पहिलो चरणमा यो सेगमेन्टका १२ वटा बस विराटनगरस्थित नेपाल गुरुकुल सोसाईटिले सञ्चालन गर्ने दिल्ली पब्लिक स्कुललाई विक्री गरेको छ । 
 
स्कुलका प्रिन्सीपल पीके सुत्रधर र टाटा मोटर्स भारतका एरिया म्यानेजर ( नेपाल-भुटान) बोधप्रकाश मुखियाले संयुक्त रुपमा बस विक्रीको शुभारम्भ गरे । 
यी बसबाट स्कुलका करिब ११ सय विद्यार्थीले सेवा पाउनेछन् । कार्यक्रममा टाटा माटर्स म्यानेजर इन्द्रप्रित सिंह, सिप्रदी ट्रेडिङका शुशिल सुबेदी, अशोकराज सुबेदी र सिप्रदीको इटहरी शाखाका कर्मचारी उपस्थित थिए ।
 
टाटा स्टार बस अल्ट्राका तीन श्रेणीमा करिब आठ वटा मोडलका बस छन् । यी बस स्कुल, कलेज, कर्पोरेट हाउस , स्टाफ ट्रान्सपोटेसन, पब्लिक  ट्रान्सपोटेसन  र ट्राभल एण्ड टुरका लागि उपयुक्त हुने कम्पनीले जानकारी दिएको छ । टाटाका यी बस ३४ लाख ८५ हजारदेखि ५० लाख ८५ हजार रुपैयाँसम्म पर्ने कम्पनीले जानकारी दिएको छ ।
 

Tata
GBIME
Nepal Life