रिलायबल र वोमी माइक्रोफाइनान्सको साधार सेयर असार २२ गतेदेखि, झण्डै तीन करोडको सेयर

बिजमाण्डू
२०७२ असार १५ गते ००:०० | Jun 30, 2015
काठमाडौं । रिलायबल माइक्रोफाइनान्स लिमिटेड र वोमी माइक्रोफाइन्स लिमिटेडले साधारण सेयर जारी गर्न लागेका छन् । यी दुबै सस्थाको सेयर असार २२ गतेदेखि निष्काशन हुनेछ । असार २५गते निस्काशन बन्द हुने जानकारी दिइएको छ ।
 
रिलायबल माइक्रोफाइनान्स रिलायबल डेभलपमेन्ट बैंकको सहायक कम्पनी हो । लमजुङको बेसिसहरमा मुख्य कार्यालय रहेको यो माइक्रोफाइनान्सले एक लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । यसमध्ये सात हजार पाँच सय कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट भइसकेको छ । त्यस्तै सस्थाका कर्मचारीलाई तीन हजार कित्ता सेयर सुरक्षित गरिएको छ । एक लाख ३९ हजार पाँच सय कित्ता सर्वसाधारण लगानी कर्ताले पाउँछन् । 
 

 
कम्पनीको चुक्तापूँजी पाँच करोड रुपैयाँ हो । यसमध्येसस्थापक समूहको ७० प्रतिसत अर्थात तीन करोड ५० लाख रुपैयाँ र सर्वसाधारण समूहको ३० प्रतिसत अर्थात एक करोड ५० लाख रुपैयाँ बराबर लगानी हुनेछ । २०७० साल जेठ ५ गते यो सस्थाले कारोबार सुरु गरेको हो । सस्थाको कार्यक्षेत्र १० जिल्ला छ । 
 
कम्पनीले आगामी आर्थिक वर्षदेखि लाभांस बाड्न सक्नेछ । कम्पनी सार्वजनिक गरेको आब्हान पत्रमा आर्थिक वर्ष २०७१÷७२ मै ९४ लाख रुपैयाँ खुद नाफा कमाउने अनुमान गरिएको छ । एक वर्षपछि सस्थाको नाफा एक करोड ५० लाख पुग्ने छ । 
 
लगानीकर्ताले सिभिल क्यापिटल कमलादी, रिलायबल माइक्रोफाइनान्स जमजुङ, रिलायबल डेभलपमेन्ट बैंकका पाँच वटा शाखा, भार्गव विकास बैंक सुर्खेत, कञ्चन डेभलपमेन्ट बैंक कञ्चनपुर र बागमति डेभलपमेन्ट बैंक सर्लाहीमा सेयर आवेदन दिन सक्नेछन् । 
 
त्यस्तै वोमीको एक लाख ४७ हजार साधारण सेयर मध्ये चार हजार चार सय १० कित्ता कर्मचारीका लागि र सात हजार तीन सय ५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । 

Tata
GBIME
Nepal Life


 

यो माइक्रोफाइनान्समा सस्थापक समूहको ५१ प्रतिसत लगानी छ भने सर्वसाधारण समूहका लागि ४९ प्रतिसत छुट्याइएको छ । सस्थाको चुक्ता पूँजी तीन करोड रुपैयाँ हो । धादिङ जिल्लाको खानीखोलामा मुख्य कार्यालय रहेको यो सस्थाको कार्यक्षेत्र १० जिल्ला छ । 
 
एनएमबि क्यापिटल निष्काशन तथा विक्री प्रबन्धक रहेको यो सस्थाको सेयरका खरिद गर्न एनएबि क्यापिटल बबरमहल, एनएमबी बैंकका शाखाहरु र वोमी माइक्रोफाइनान्सको मुख्य कार्यालय तथा शाखाहरुमा आवेदन दिन सकिनेछ ।