बजेट अधिवेशन आजदेखि, यही अधिवेशनमा प्रस्तुत हुनेछ सरकारको नीति तथा कार्यक्रम र बजेट

बिजमाण्डू
२०७२ असार १५ गते ००:०० | Jun 30, 2015
बजेट अधिवेशन आजदेखि, यही अधिवेशनमा प्रस्तुत हुनेछ सरकारको नीति तथा कार्यक्रम र बजेट

Tata
GBIME
Nepal Life

काठमाडौं । ब्यवस्थापिका संसदको वर्षे अधिवेशन मंगलबार सुरु हुँदैछ। अधिवेशनबारे राष्ट्रपति कार्यालयले पठाएको पत्र दिउँसो ३ बजेको बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङले पढेर सुनाउने कार्यक्रम छ।

सरकारको सिफारिसमा राष्ट्रपति डा. रामवरण यादवले अधिवेशन आह्वान गरेका थिए। बजेट अधिवेशनमा सरकारले राष्ट्रपति मार्फत नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ। त्यस्तै पूर्व बजेट छलफल र त्यसपछि आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत हुनेछ।

त्यस्तै सरकारले मंगलबार दिउँसो २ बजेका लागि बोलाएको संविधानसभा बैठक फेरि सरेको छ। तयारीका काम बाँकी रहेकाले बेलुका साढे ६ बजेका लागि सारिएको संविधानसभा सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए।