भूकम्प पीडितलाई जियोनीको ५५ लाख रुपैयाँ सहयोग, मोवाइल विक्री गरेर पनि सहयोग उठाइने

बिजमाण्डू
२०७२ असार १६ गते ००:०० | Jul 1, 2015
भूकम्प पीडितलाई जियोनीको ५५ लाख रुपैयाँ सहयोग, मोवाइल विक्री गरेर पनि सहयोग उठाइने

काठमाडौं । मोवाइल फोन उत्पादक कम्पनी जियोनीले नेपालका भूकम्प पीडितलाई ५५ लाख रुपैयाँ सहयोग गरेको छ । जियोनीले ५० लाख रुपैयाँ प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेको छ भने पाँच लाख बराबरको घर टहरा निर्माण गरिरहेको छ ।

Tata
GBIME
Nepal Life

जियोनीका अध्यक्ष विलियम लीले प्रधानमन्त्री कोइरालालाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उनले बाँकी रकमको अस्थायी घर बनाइ स्थानीय बासिन्दालाई हस्तान्तरण गर्ने काम भइरहेको बताए ।

जियोनीले जियोनी सहयोगी हात कोष स्थापना गरी घर निर्माण तथा अन्य सहयोग अगाडि बढाएको छ । यस्तै जियोनीले अबको तीन महिनासम्म प्रत्येक मोवाइल बिक्रीबाट ५० रुपैयाँ संकलन गर्ने भएको छ । यो रकम बाल मन्दिरमा रहेका पाँच बालबालिकाको अध्ययनमा खर्च गरिने मिस नेपाल इभाना मानन्धरले जानकारी दिइन् ।

जियोनीले गर्ने यो सहयोग सम्बन्धमा जियोनीका अध्यक्ष विलियम लु तथा बाल मन्दिरका निर्देशक चिरञ्जीवी भण्डारीले हस्ताक्षर गरे । जियोनीले कोष अन्तर्गत नै यो कार्यक्रम संचालन हुने जनाएको छ ।