​कृषि सामग्री कम्पनीमा जागिर खुल्यो, बिभिन्न पदमा ५२ जना माग, एसएलसी पासलाई पनि अवशर

बिजमाण्डू
२०७२ असार १७ गते ००:०० | Jul 2, 2015
काठमाडौं। कृषि सामग्री कम्पनीले बिभिन्न पदमा ५२ जना कर्मचारी माग गरेको छ। बिहीबार गोरखापत्रमा सूचना प्रकाशित गरी कम्पनीले विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढी अन्तर्गतका कार्यालयहरुका लागि कर्मचारी माग गरेको हो।  

Tata
GBIME
Nepal Life

कम्पनीले १७ जना शाखा अधिकृत, ९ जना बरिष्ठ सहायक र २६ जना सहायक कर्मचारी माग गरेको छ। अधिकृतमा खुलातर्फ ९ जना र आरक्षणतर्फ ३ जना महिला, २ जना आदिवासी जनजाति, २ जना मधेशी र १ जना दलित कोटा रहेको छ।

त्यस्तै बरिष्ठ सहायकमा खुलातर्फ ५ जना र महिला, आदिवासी जनजाति, मधेशी र दलित आरक्षणमा १/१ पद रहेको छ। सहायक पदमा खुलातर्फ १४ जना र आरक्षणतर्फ ४ जना महिला, ३ जना आदिवासी जनजाति, ३ जना मधेशी, १ जना दलित र १ जना अपाङ्ग कोटा छ।

शाखा अधिकृत पदमा दरखास्त दिन स्नातक, बरिष्ठ सहायकका लागि प्रविणता प्रमाणपत्र तह र सहायक पदका लागि एसएलसी उतीर्ण गर्नुपर्नेछ। इच्छुकले ३० दिनभित्र कृषि सामग्री कम्पनी लिमिटेडको काठमाडौंमा रहेको प्रधान कार्यालयमा दरखास्त बुझाउन सक्नेछन्।

दरखास्त शुल्क अधिकृतका लागि ८ सय र अरुका लागि ५ सय रुपैयाँ तोकिएको छ।
हेर्नुस् सूचना :