जियोनीको ५५ हजार पर्ने स्मार्टफोन ल्याउँदै छौं, टेलिटकका अध्यक्ष रोहित गुप्ताको अन्तर्वार्ता

बिजमाण्डू
२०७२ असार १७ गते ००:०० | Jul 2, 2015
जियोनीको ५५ हजार पर्ने स्मार्टफोन ल्याउँदै छौं, टेलिटकका अध्यक्ष रोहित गुप्ताको अन्तर्वार्ता
जियोनी मोबाइल नेपालमा स्थापित ब्राण्डको रुपमा उदाउँदै छ । नेपालस्थित आधिकारिक विक्रेता टेलिटक नेपाल आक्रामक बजार विस्तारको योजनामा छ । बजारमा लामो समयदेखि स्थापित ब्राण्डसँग प्रतिस्पर्धाको रणनीतिमा कम्पनी छ । इन्ट्री लेभल देखि मध्यम रेञ्जका जियोनी स्मार्टफोन नेपाली उपभोक्ता माझ स्थिपत हुँदैछ । टेलिटक नेपालका अध्यक्ष रोहित गुप्तासँग बिजमाण्डू संवाददाताले सोधे, तपाईहरु त  इन्ट्री लेभलकै फोनमा रमाउनु भएको हो ?

Tata
GBIME
Nepal Life

अबको ६ महिनामा स्मार्टफोन ब्यापारमा एक नम्बर बन्ने लक्ष पुरा गर्न तपाईंले के उपाय अपनाउनु हुन्छ ?

हामीले धेरै मोडलका मोवाइलहरु नेपाली बजारमा ल्याएका छौं । हामीले इन्ट्री लेभलको सेगमेन्टमा पनि विभिन्न मोवाइलहरु ल्याइरहेका छौं । हामीले धेरै फिचर भएका सात हजार रुपैयाँ पर्ने मोवाइल ल्याइरहेका छौं । जनरल सेगमेन्टमा पनि हामीले लामो समयसम्म ब्याट्री चल्ने मोवाइल ल्याएका छौं । स्मार्टफोन भन्ने बित्तीकै मानिसले ब्याट्री लामो समयसम्म नटिक्ने भन्ने सम्झन्छन्, हामीले त्यसैलाई मध्यनजर गरेर नौहजारदेखि १८ हजारसम्म पर्ने मोवाइल ल्याउँदैछौं । मोवाइलको ब्याट्रीमा मानिसहरुको ठुलो चासो हुने भएकाले हामी त्यसलाई ध्यानमा राखेर काम गर्दैछौं ।

नेपालमा तपाईंहरुको मुख्य प्रतिस्पर्धी ब्राण्ड कुन हो ?

नेपाली बजारमा हामी अहिले तेस्रोदेखि चौंथो स्थानमा छौं । हाम्रो मुख्य प्रतिस्पर्धी भनेको सामसुङ हो । हुवावे, कलर्स, माइक्रोम्याक्स पनि हाम्रो प्रतिस्पर्धी हो ।

तपाईंका प्रतिस्पर्धीले एकलाख रुपैयाँसम्मका मोवाइल ल्याएका छन्त्यसलाई प्रतिस्पर्धा गर्न के गर्नुहुन्छ 

हामीले इ ८ मोडलको मोवाइल ल्याउँदै छौं । हाम्रो इ सिरिजको मोवाइलले प्रविधिलाई नै मुख्य आधार बनाएको हुन्छ । त्यव तीन महिनापछि नेपाल आउँछ । त्यो मोवाइलको मूल्य ५५ हजारदेखि ६० हजारसम्म पर्छ । त्यो मोवाइल अहिले बजारमा रहेका मोवाइलभन्दा उत्कृष्ट हुन्छ ।

चिनियाँ ब्राण्डका मोवाइल भनेपछि मानिसहरु ससंकित हुन्छन्जियोनीसँग मानिसहरु कसरी ढुक्क हुने ?

पहिले त्यस्तो थियो होला, तर मानिसहरुले अहिले यो कुरा बुझिसकेको छ । चीनमा पनि धेरै गुणस्तरका मोवाइल उत्पादन बनेका छन् । चिनियाँ उत्पादनहरुले विश्वव्यापी रुपमा प्रविधिमा सबैलाई उछिनिसकेका छन् । जियोनीको कुरा गर्दा मेरो भनाइ त्यही छ कि हामी मूल्य भन्दा पनि उपभोक्तालाई केन्द्रमा राखेका छौं । हामीले उपभोक्तालाई सन्तुष्ट बनाएर मात्रै त्यसको मूल्य लिन्छौं ।

जियोनीको मोवाइलबाहेक अरु केही उत्पादन नेपाल ल्याउनुहुन्छ ?

अहिले त हामी स्मार्टफोनमा नै केन्द्रित भएका छौं । भविष्यमा हामी स्मार्ट डिभाइस पनि ल्याउने सोचमा छौं । तर त्यसबारे अहिले नै केही भइसकेको छैन ।