माइक्रोम्याक्सको नयाँ मोवाइल नेपाली बजारमा, १६ हजार मूल्य पर्ने, आठ मेगापिक्सेल क्यामेरा

बिजमाण्डू
२०७२ असार १७ गते ००:०० | Jul 2, 2015
माइक्रोम्याक्सको नयाँ मोवाइल नेपाली बजारमा, १६ हजार मूल्य पर्ने, आठ मेगापिक्सेल क्यामेरा

काठमाडौं । माइक्रोम्याक्स मोवाइलले नेपाली बजारमा माइक्रोम्याक्स डुडल ४ क्यू ३९१ मोवाइल नेपाली बजारमा उपलब्ध गराएको छ । यो मोवाइलमा एन्ड्रोइड ५ ललिपप अपरेटिङ सिस्टम रहेको छ ।

Tata
GBIME
Nepal Life

यो मोवाइलमा १.३ गिगाहर्ज क्वाड कोर एआरएम कोर्टेक्स ए ७ प्रोसेसर रहेको छ । यसले मोवाइलमा एप्सहरु छिटो खुल्ने कम्पनीको दावी छ । यो मोवाइलमा ६ इन्चको गोरिल्ला ग्लास आइपिएस स्क्रिन रहेको छ ।

कम्पनीका अनुसार नयाँ मोवाइलमा आठ मेगापिक्सेल रेयर क्यामेरा र दुई मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । यसमा आठ जिबी इन्टर्नल मेमोरी रहेको छ भने ग्राहकले ३२ जिबीसम्मको एक्सटर्नल मेमोरी कार्ड राख्ने सक्ने कम्पनीको भनाइ छ ।

डबल सिम लाग्ने मोवाइलमा तीनहजार एमएएच ब्याट्री रहेको छ । यसको मूल्य १५ हजार नौसय ५० रुपैयाँ रहेको छ ।