डिसहोमको मुभि अन डिमान्ड च्यानल एक महिना निशुल्क, आफुले चाहेको फिल्म हेर्न एसएमएस गर्नुपर्ने

बिजमाण्डू
२०७२ असार १७ गते ००:०० | Jul 2, 2015
काठमाडौं । डिसहोमले मुभि अन डिमान्ड च्यानल एक महिनाको लागि निशुल्क प्रदान गरेको छ । डिसहोमको १ सय १२ यो च्यानल प्रसारण हुँदै आएको छ । कम्पनीका अनुसार यो योजनामार्फत एक महिनासम्म लगातार नयाँ नेपाली सिनेमा प्रसारण हुनेछ । यो च्यानलमा विहान ७, दिउँसो ११ र अपरान्ह ३ र ७ बजे गरी चारपटक एउटै फिल्म प्रसारण गरिने कम्पनीले जनाएको छ । 

 
कम्पनीका अनुसार यी सिनेमा हेर्नका लागि ग्राहकहरुले आफ्नो नियमित प्याकेज एक्टिभ भएको हुनुपर्नेछ । डिसहोम  रिचार्ज नगरेका ग्राहकहरुले समेत नियमित प्याकेजको रिचार्ज गरी फिल्म निशुल्क हेर्न पाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीले यो सेवा अरु कम्पनीले उपलब्ध नगराएको दावी समेत गरेको छ । 
 
ग्राहकहरुले आप्mनो नियमित प्याकेज रिचार्ज गरी १ महिनामा ६ सय रुपैयाँ बराबरका ३० वटा सिनेमाहरु निःशुल्क हेर्न सकिने कम्पनकिा नायब महाप्रवन्धक कल्याण अधिकारीले बताए । उनका अनुसार आफुले रोजेको सिनेमा हेर्नका लागि एसएमएस मार्फत सिनेमा खुलाउनुपर्छ ।  स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डिटिएच  सेवा प्रदायक यो कम्पनीले नेपालभर ५ लाख ग्राहकहरुलाई सेवा दिँदै आएको छ ।    
 

Tata
GBIME
Nepal Life