हप्ताभरमा सुनको भाउ तीनसय रुपैयाँले घट्यो, शुक्रबार तोलाको ५१ हजार एकसय रुपैयाँमा किनबेच

बिजमाण्डू
२०७२ असार १८ गते ००:०० | Jul 3, 2015
हप्ताभरमा सुनको भाउ तीनसय रुपैयाँले घट्यो, शुक्रबार तोलाको ५१ हजार एकसय रुपैयाँमा किनबेच

काठमाडौं । हप्ताको पहिलो दिनको तुलनामा अन्तिम दिन सुनको भाउ तोलामा तीनसय रुपैयाँले घटेको छ । आइतबार तोलाको ५१ हजार चारसय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ५१ हजार एकसय रुपैयाँमा किनबेच भइरहेको छ ।

Tata
GBIME
Nepal Life

सोमबार सुनको भाउ तीनसयले बढेर ५१ हजार सातसयमा पुगेपनि मंगलबार फेरि तीनसयले घटेर ५१ हजार चारसयमा नै फर्किएको थियो । मंगलबार र बुधबार ५१ हजार चारसयमा कारोबार भएको सुन विहीबार र शुक्रबार ५१ हजार एकसयमा किनबेच भइरहेको छ ।

यो हप्ता चाँदीको भाउ पनि थोरै परिवर्तन भएको छ । आइतबार तोलाको ६ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबा ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।