एक्सप्रेस नेपालले ल्यायो फिजिशियन फर्मुला, १६ देखि ३४ सय रुपैयाँं सम्म मुल्य पर्ने सामान

बिजमाण्डू
२०७२ असार १९ गते ००:०० | Jul 4, 2015
एक्सप्रेस नेपालले ल्यायो फिजिशियन फर्मुला, १६ देखि ३४ सय रुपैयाँं सम्म मुल्य पर्ने सामान
काठमाडौं । एक्सप्रेस नेपालले फिजिशियन फर्मुला हेल्दी एन्ड ग्ल्यामरस व्युटि नेपाल भित्र्याएको छ । यो अमेरिकी श्रृङ्गार प्रशाधन ब्रान्ड हो । 
 
कमलादी स्थित राइजिङ मलको पहिलो तल्लामा रहेको एक्सप्रेस नेपालको शो रुममा फिजिशिन फर्मुलाका श्रृङगार सामग्री उपलब्ध छन । ब्रन्जर, फेस पाउडर, गाजल, मिनरल मेकअप र प्राकृतिक मेकअप जस्ता सामग्री यो कम्पनीले उपलब्ध गराएको छ ।
 

 
हरेक सौन्दर्य प्रसाधनमा एसपिएफ १६ देखि ३० सम्मका छालालाई बचाउने केमिकल रहेको छ । फिजिशियन फर्मुलाका १६ सय देखि ३४ सय रुपैयाँं सम्मका सामग्री उपलब्ध छन् । एक्सप्रेस नेपालले राजधानीमा पत्रकार सम्मेलन गरेर यो ब्राण्डका उत्पादनका बारेमा जानकारी दिएको हो । 
 
यस अघि एक्सप्रेस नेपालले फेस अफ द फिजिशियन फर्मुला २०१५ प्रतियोगिता आयोजना गरेको थियो । फेसबुक मार्फत मोडलहरुको प्रतिस्पर्धा गराएर अमेरिकाबाटै फिजिशियन फर्मुलाले अश्लेषा राना, उर्जा केसी र शिक्षा शाक्यलाई फेस अफ द फिजिशियन फर्मुला चयन गरेको छ । यी तीन मोडल एक वर्षसम्म फिजिशियन फर्मुलाको प्रवद्र्धकका रुपमा रहनेछन् । 
 
भूकम्पबाट त्रसित भइरहेका महिलाहरु आफ्नो हेरचाह गर्न विर्सिरहेका छन् । यस्तो समयमा फिजिशियन फर्मुलाले आफ्नो छाला र सौन्दर्यको हेरविचार गर्न सहयोग गर्ने उद्देश्यले गुणस्तरीय सौन्दर्य प्रशाधन सामग्री भित्र्याएको जानकरी एक्सप्रेस नेपालकी अध्यक्ष विना शाहले दिइन् । 

Tata
GBIME
Nepal Life