सेयर कारोबार रकम डेढ अर्ब रुपैयाँ नाघ्यो, नेपाल लाइफ इन्स्योरेन्स र एनसीसी बैंकको कारोबार धेरै

बिजमाण्डू
२०७२ असार १९ गते ००:०० | Jul 4, 2015
काठमाडौं । यो साता सेयर कारोबार रकम डेढ अर्ब रुपैयाँ नाघेको छ । यो रकम विगतको औसत कारोबार रकम भन्दा निकै बढी हो ।  
 
नेपाल स्टक एक्सचेन्जले दिएको जानकारी अनुसार एक सय ६६ वटा कम्पनीको एक अर्ब ५९ करोड ३६ १५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । अघिल्लो साताको तुलनामा कारोबार रकम ५० प्रतिसतले बढी हो । गत साता एक अर्ब पाँच करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।


 
साताको पहिलो दिन ९३८ अंकबाट सुरु भएको नेप्से परिसूचक साताको अन्तिम दिन ९३८ अंककै हाराहारीमा आइपुग्यो । संविधानको मस्यौदा सार्वजनिक भएपनि बजार भने धेरै माथि जान सकेन । राजनीतिक दलहरुले मस्यौदामा सहमति जनाउँदा नेप्से ९५० अंकको हाराहारीमा पुगेको थियो । मंगलबार ९४९ अंक पुगेको नेप्से विहीबार ९३८.९६ अंकमा ओर्लिएको हो । 
 
कमाउने समूहमा बीमाका लगानीकर्ता परेका छन् । यो समूहको सूचक १२७ अंकले बढेको छ । उत्पादनमुलक समूह, होटल र विकास बैंक समूहको सूचक पनि बढेको छ । गुमाउनेमा बाणिज्य बैंक समूह, वित्त, जलविद्यूत, अन्य र व्यापार समूहको परिसूचक घटेको छ । 
 
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एनसीसी बैंकको कारोबारले बजारलाई निकै माथि उठाएको हो । नेपाल लाइफको मात्रै १६ करोड ६४ लाख रुपैयाँको र एनसीसी बैंकको १२ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । 
 

Tata
GBIME
Nepal Life