विगमार्ट छैठौ वर्षमा प्रवेश, पाँच सय भन्दा बढीको सामान खरीद गर्नेले प्रिभिलेज कार्ड पाउने

बिजमाण्डू
२०७२ असार १९ गते ००:०० | Jul 4, 2015
काठमाडौं । विग मार्ट सुपरमार्केट छैठौ वर्षमा प्रवेश गरेको छ  । वार्षिकोत्सवका अवसरमा मार्टले आकर्षक छुट दिएको छ । मार्टले पाँच सय रुपैयाँ वा सो भन्दा बढीको खरीद गर्ने ग्राहकहरुलाई प्रिभिलेज कार्डसमेत दिने जनाएको छ । छुट योजना जुलाई महिनाभरी दिने मार्टले जनाएको छ ।  

Tata
GBIME
Nepal Life


हाल कमलपोखरी, सानेपा, शान्तिनगर, झम्सिखेल, लाजिम्पाट, पेप्सीकोला, खुशिबु, क्षेत्रपाटी, गोंगबु, गोल्फुटार तथा सुकेधारा गरी जम्मा ११ आउटलेट संचालनमा छन् । यही महिनामा डोलाहिटीमा शाखा संचालनमा ल्याउने कम्पनीले जनाएको छ ।