तोयोकराजका दुई आउटलेट शनिवार खुले, जापानी राजदूतले गरे महाराजगञ्ज शाखाको उद्घाटन

बिजमाण्डू
२०७२ असार १९ गते ००:०० | Jul 4, 2015
तोयोकराजका दुई आउटलेट शनिवार खुले, जापानी राजदूतले गरे महाराजगञ्ज शाखाको उद्घाटन
काठमाडौं । जापानी ब्राण्ड तोयोकाराज फ्राइ चिकेनको सोमबार काठमाडौंमा दुईवटा आउटलेट खुलेका छन् । भाटभटेनी र महाराजगञ्जमा एकैसाथ दुई वटा आउटलेट सञ्चालनमा आएका हुन् । काठमाडौंमा तायोकाराको यी दोस्रो र तेस्रो आउटलेट हुन ।  
 
नेपालका लागि जापानी राजदूत मासासी ओगावाले महाराजगञ्जमा खुलेको आउटलेटको उद्घाटन गरे । काठमाडौंमा तोयोकाराको मुख्य आउटलेख गएको जनवरी देखि थापाथलीमा सञ्चालनमा आइसकेको छ । जापानदेखि विश्वका थुप्रै मुलुकमा तोयोकाराजले नाम कमाइसकेको छ । 
जापानमा ३० वटा भन्दा बढी रेष्टुरेन्ट सञ्चालन गर्दै आएको तोयोकाराका अन्य थुप्रै मुलुकमा शाखा सञ्जाल छन् । यसको पहिलो बिक्री केन्द्र थापाथलीको टे«ड टावरमा छ । महाराजगञ्जस्थित आउटलेट अमेरिकी दूतावास अगाडि छ । 
 
नेपालका लागि तोयोकाराजको आधिकारिक बिक्रेता जेएफसी नेपाल प्रालिका अध्यक्ष विनय उपाध्यायका अनुसार पछिल्लो समयमा नेपालमा पनि तोयोकराजको लोकप्रियता र माग बढदै गएको छ । सोही कारण तोयोकाराजले यो वर्षभित्रै नेपालमा २५ वटा शाखा पु¥याउने योजना बनाएको छ । चाँडै अर्को शाखा कुपण्डोलमा खुल्ने जानकारी पनि उनले दिए । 
 
तायोकाराज जापानले पठाएको मापदण्डअनुसार नै चिकेनका विभिन्न परिकार बन्छन् । यो रेष्टुरेन्टमा स्थानीय चिकेनको प्रयोग हुने र अन्य मरमसला भने जापानबाटै आउँछन् । 
 
तोयोकाराजमा सबै शाखाबाट बिक्री हुने चिकेनहरु थापाथलीमै तयार भई आवश्यक मात्रैमा अन्य शाखामा पठाइन्छ । जापानबाट नियमित रुपमा कुक आएर यहाँका रेष्टुरेन्टहरुको अनुगमन र नेपाली कुकहरुलाई तालिम दिँदै आएका छन् । 
 
तोयोकाराजका परिकारहरु गुणस्तरीय, स्वादियो मात्रै होइन निकै सस्तो पनि भएकाले लोकप्रिय बन्दै गएको हो । यस्ता परिकारको मूल्य एकसय ५० रुपैयाँदेखि बढीमा चार सय ३० रुपैयाँ(करबाहेक) मात्रै पर्छ । चिकेनका सबै परिकार मिश्रित विशेष प्याकलाई आठ सय ५० रुपैयाँ पर्छ । यसमा चिकेनका १५ पिस हुन्छन । 

Tata
GBIME
Nepal Life


 

यसमा प्रयोग गरिने ससहरु घरमा तयार पारिएकै स्वादका छन् । नयाँ आउटलेटहरुले उद्घाटनको अवसरमा ग्राहकलाई १० प्रतिशत छुट योजनासमेत घोषणा गरेका छन् । थापाथली र भोटभटेनीले यसअघि नै होमहेलिभरी सुरु गरिसकेका छन् भने महाराजगञ्जले पनि चाँडै यो सुविधा सुरु गर्ने  महाराजगञ्ज आउटलेटकी सञ्चालक अनिता आचार्यले जानकारी दिइन । 
 
तोयोकाराजमा शाकाहारीका लागि छुट्टै परिकारको समेत व्यवस्था गरिएको उनले बताइन । चिकेनका परिकारमा स्टिम र फ्राइड मम, बोनलेस चिकेन, चिकेन फ्राइ राइस, फ्राइ चिकेन, फ्लेजिङ विङस् लगायत छन् । 
 
यो रेष्टुरा मध्यमवर्गीय परिवार लक्षित छ । अहिले खुलेको आउटलेटमा एकैचोटी ५० जना अटाउन सक्ने क्षमता रहेको जानकारी दिइएको छ ।