बुटवलमा ६ लेनको सडक निर्माणको काम अन्तिम चरणमा, हेर्नुस सडक निर्माणको फोटो र भिडियो

बिजमाण्डू
२०७२ असार १९ गते ००:०० | Jul 4, 2015
बुटवलमा ६ लेनको सडक निर्माणको काम अन्तिम चरणमा, हेर्नुस सडक निर्माणको फोटो र भिडियो

कृष्ण खनाल/बिजमाण्डू

Tata
GBIME
Nepal Life

बुटवल । बुटवलको ६ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ। आर्थिक वर्ष २०६५/६६ मा सर्वे भएको सडक २०६६/०६७ बाट निर्माण सुरु भएको थियो।

बुटवल राजमार्ग चौराहादेखि ट्राफिकचोकसम्म २.०९ किलोमिटर सडक ११ करोड १६ लाख २० हजार रुपैयाँमा २०६८ साउनमा निर्माण सक्नेगरी युनाइटेड, लुम्बिनी, कान्छारामले संयुक्त ठेक्का पाएको थियो। चार वर्ष ढिला गरी १३ करोड ३० लाख ६४ हजार लागतमा निर्माण सकियो। त्यस्तै बुटवल बेलहिया ६ लेन सडकको दोस्रो चरणको काम भइरहेको छ।

यो प्याकेज अन्तर्गत बुटवलको पुष्पलाल पार्कदेखि तिनाउ पुलसम्म सातसय मिटर किलोमिटर सडकको निर्माण कार्य भइरहेको छ। तर बुटवलको राजमार्ग चौराहादेखि पूर्व बुटवल औद्योगिक क्षेत्रसम्मको सडक पनि ६ लेनको रुपमा विकास गर्ने काम थालनी हुन सकेको छैन। यो सडक करिव १० वर्ष टिकाउ हुने प्राविधिकहरुको भनाई छ।
तर सडक क्षमता भन्दा बढी टनका सवारी साधनहरु ओहोर दोहोर भएमा दुई, तीन बर्षमै पनि भत्किन सक्नेछ।

बुटवलको निर्माणाधीन ६ लेन सडकको दोस्रो प्याकेजको लागि २०६७/०६८ मा ठेक्का पट्टा भएको र लुम्बिनी/कान्छाराम रायमाझी कन्ट्रक्सनले २०७० असार मसान्त सम्ममा काम सम्पन्न गर्ने गरी १० करोड ४० लाख ४६ हजार रुपैयाँमा ठेक्का पाएको थियो। यसको लागत पनि बढेको छ र निर्माण पनि सकेको छैन।

६ लेन सडकको फुटपाथदेखि बाहिरको १०/१२ मिटरको खाली जग्गालाई व्यवस्थित गर्ने, बीच भागमा रहेको छोडिएको खाली जग्गामा सडक लाइटिङ्ग बोर्ड राख्ने, बगैचा बनाउने योजना भने बाँकी नै छ।

हेर्नुस भिडियो: