सुनको भाउ तोलामा दुईसय घट्यो, ५० हजार नौसय रुपैयाँ तोलामा किनबेच, चाँदीको भाउ स्थिर

बिजमाण्डू
२०७२ असार २० गते ००:०० | Jul 5, 2015
सुनको भाउ तोलामा दुईसय घट्यो, ५० हजार नौसय रुपैयाँ तोलामा किनबेच, चाँदीको भाउ स्थिर

काठमाडौं । हप्ताको पहिलो दिन आइतबार सुनको भाउ घटेको छ । आइतबार सुनको भाउ तोलामा दुईसय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Tata
GBIME
Nepal Life

महासंघका अनुसार आइतबार सुन तोलाको ५० हजार नौ सय रुपैयाँमा किनबेच भइरहेको छ । यसअघि शुक्रबार सुनको भाउ तोलाको ५१ हजार एकसय रुपैयाँ थियो ।

आइतबार चाँदीको भाउ भने स्थिर छ । आइतबार चाँदी तोलाको ६ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार पनि चाँदीको भाउ त्यतिनै थियो ।