भारतीय इन्फोसिसले विदेशी स्टार्टअप्समा एक अर्ब लगानी गर्ने, नबिन सोचका नेपालीलाई पनि फाइदा

बिजमाण्डू
२०७२ असार २० गते ००:०० | Jul 5, 2015
भारतीय इन्फोसिसले विदेशी स्टार्टअप्समा एक अर्ब लगानी गर्ने, नबिन सोचका नेपालीलाई पनि फाइदा

Tata
GBIME
Nepal Life

न्युदिल्ली । भारतको प्रमुख सुचना प्रविधि कम्पनी इन्फोसिसले विदेशी स्टार्टअप्समा लगानी गर्ने घोषणा गरेको छ । 

 
स्टार्टअप्स, नलेजवेस भ्यालुएड गर्ने विजिनेस हो । यसमा आइडिया (बुद्धि) धेरै हुन्छ तर पुँजी भने कम हुन्छ । आइडियालाई विजिनेसमा रुपान्तरण (कन्भर्ट) गर्ने प्रकृयालाई स्टार्टअप्स भनिन्छ । 
 
सुरुवाती व्यवासय गर्न स्टार्टअप्ससँग मूल्यवान (भ्यालुएवल) आइडिया त हुन्छ तर सुरु गर्नका लागि पुँजी भने कम हुन्छ । 
 
इन्फोसिसले विदेशमा स्टार्टअप्समा लगानी गर्न लागेको हो । उनीहरुको वित्तीय स्रोतको जोहो इन्फोसिसले गरिदिएर त्यसलाई लोकलबाट ग्लोबल बनाउन मद्दत गर्ने छ । यसबाट नविनतम सोच लिएर सुचना प्रविधि क्षेत्रमा काम गरिरहेका नेपालीहरुले पनि लाभ दिन सक्ने छन् ।
 
इन्फोसिसले एक करोड अमेरिकी डलर अर्थात एक अर्ब एक करोड रपैयाँ लगानी गर्न लागको हो । पहिलो चरणको लगानी सफल  भएपछि इन्फोसिसले दोस्रो चरणमा थप लगानी गर्ने सोच बनाएको भारतीय सञ्चार माध्यम विजिनेस स्ट्यान्डर्डले लेखेको छ ।