आइएमइ को–अपरेटिभको पोखरामा अन्तर्क्रिया, देशभरका सय जना भन्दा बढी उपस्थित

बिजमाण्डू
२०७२ असार २० गते ००:०० | Jul 5, 2015

Tata
GBIME
Nepal Life

काठमाडौं । आईएमई को–अपरेटिभको आयोजनामा पोखरामा ‘रेमिटान्समा सहकारीको भुमिका’ विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सहआयोजक आईएमई लिमिटेड र आईएमइ अटोमोटिभ हुन् । 

 
अन्तरक्रियामा देशभरका सहकारी संस्थाबाट एक सय जनाको प्रतिनिधित्व थियो । औपचारीक र अनौपचारिक गरी दुई सत्रमा विभाजित कार्यक्रमको उद्घाटन नेपाल सरकार सहकारी विभागका रजिष्ट्रार काशिनाथ मरासिनीले गरेका थिए । 
 
कार्यक्रममा मरासिनीले सहकारी ऐन, नियम र मापदण्डको पूर्ण परिपालन गर्दै सहकारी अभियानलाई अगाडि बढाउन सबैसँग आग्रह गरे । कार्यक्रमका विशिष्ट अतिथि तथा आईएमई ग्रुप अफ कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिटान्सको पैसालाई सहकारी मार्फत् उत्पादनमुलक क्षेत्रमा लगाउन आग्रह गरे । 
 
कार्यक्रमको अनौपचारीक सत्रका विविध विधामा सम्बन्धित विषय विज्ञले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण प्रदान गरेका थिए ।