सेयर बजार एक अंकभन्दा कमले घट्यो, कारोबार रकममा भने उल्लेख्य गिरावट, साढे १७ करोड पनि पुगेन

बिजमाण्डू
२०७२ असार २० गते ००:०० | Jul 5, 2015
काठमाडौं । सेयर बजार एक अंकभन्दा कमले घटेर बन्द भएको छ । बजार बीचमा केही समय हरियो भएपनि बैंक ऋण तिर्नका लागि विक्री गर्नेको चाप बढेपछि घटेर बन्द भएको हो ।
 
बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । बजार ०.९४ अंकले घटेको छ । कारोबार रकम १७ करोड ४१ लाख रुपैयाँमा सीमित भएको छ । दिनभरीमा १२६ कम्पनीका चार लाख ४१ हजार सात सय कित्ता सेयर किनबेच भएका छन् ।
 
जलविद्युत् र फाइनान्स वाहेक सबै सुचक घटेका छन् । अन्य सुचक भने स्थिर छ । सबैभन्दा वढी उत्पादमूलक समूह घटेको छ । 
 
नेशनल हाइड्रोको एक करोड ६ लाखको सेयर  किनबेच भएको छ भने नेपाल लाइफको एक करोड दुई लाख रुपैयाँको किनबेच भएको छ । एनबी बैंकको ९३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 
 
सिद्धार्थ फाइनान्सको सेयर मूल्य करिव १० प्रतिशतले बढेर मूल्य १४६ रुपैयाँ पुगेको छ । प्रोग्रेसिभ फाइनान्सको मूलय भने १० प्रतिशतले घटेको छ । सिद्धार्थ बैंकको संस्थापक सेयर मूल्य पनि नौं प्रतिशतले घटेको छ । 

Tata
GBIME
Nepal Life