आईएमई र ग्लोबल आईएमई बैंकले ल्यायो छात्रवृति योजना, एक सय विपन्न विद्यार्थीले छात्रवृति पाउने

बिजमाण्डू
२०७२ असार २० गते ००:०० | Jul 5, 2015
आईएमई र ग्लोबल आईएमई बैंकले ल्यायो छात्रवृति योजना, एक सय विपन्न विद्यार्थीले छात्रवृति पाउने
काठमाडौं ।  आईएमई तथा ग्लोबल आईएमई बैंकले आर्थिक रुपमा विपन्न विद्यार्थीका लागि छात्रवृति योजना ल्याएको छ । हिसान र प्याब्सनको सहकार्यमा ‘आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृति’ योजना ल्याएको हो ।

कक्षा १ देखि ११ सम्म अध्ययनरत आर्थिक रुपमा विपन्न जेहेन्दार तथा मेहनती विधार्थीबाट प्राप्त हुने आवेदनका आधारमा एक शैक्षिक सत्रका लागि छात्रवृत्ति प्रदान गरिने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । दश लाख रुपैयाँको छात्रवृतिको कोषबाट एक शैक्षिक सत्रका लागि एक सय जना विद्यार्थीलाई छात्रवृति प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । 
 
ईच्छुक विधार्थीले यी संस्थाका वेब साईटएवंम् एजेण्ट आउटलेटमा उपलब्ध फारममा आफ्नो विवरण भरी कम्तिमा दुई बर्ष अघिदेखिका शैक्षिक प्रमाणपत्र र सम्बन्धित विद्यालयका प्रधानाध्यापकको सिफारिस सहित साउन ३२ गतेसम्म आवेदन दिनुपर्ने विज्ञप्तिमा जनाइएको छ ।  छात्रवृतिका लागि आवेदन परेका मध्ये उच्च पदाधिकारी एवं शिक्षाविद् संलग्न समितिले निर्णय गर्ने बताइएको छ । बैशाख १२ गते गएको महाभुकम्प प्रभावित जिल्लाका विद्यार्थीलाई दिन सकिने विज्ञप्तिमा उल्लेख छ ।  
 

Tata
GBIME
Nepal Life