सिद्धार्थ डेभलपमेन्ट बैंकको सिइओमा अजय मिश्र नियुक्त, खराव कर्जा घटाउनु पर्ने प्रमुख चुनौती

बिजमाण्डू
२०७२ असार २० गते ००:०० | Jul 5, 2015
सिद्धार्थ डेभलपमेन्ट बैंकको सिइओमा अजय मिश्र नियुक्त, खराव कर्जा घटाउनु पर्ने प्रमुख चुनौती
काठमाडौं । सिद्धार्थ डेमलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अजयकुमार मिश्र नियुक्त भएका छन् । मिश्रले आइतबारबाटै काम सुरु गरेका छन् । 
 
यसअघि मिश्र प्रुडेन्सियल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत थिए । फाइनान्स एनएमबी बैंकसँग मर्ज हुने प्रकृयामा छ । 

Tata
GBIME
Nepal Life

मर्जरपछि फाइनान्सका प्रमुख कार्यकारीलाई बैंकमा साबिकभन्दा दुई पद तल समायोजन गर्ने सहमति भएको थियो ।

 
यसैबीचमा मिश्र प्रमुख कार्यकारीको हैसियतमा सिद्धार्थ डेभलपमेन्ट बैंक गएका हुन् । 

खराव कर्जा बढेर समस्यामा रहेको सिद्धार्थ डेभलपमेन्टमा छोटो समयमा दुई जना प्रमुख कार्यकारी फेरिइसकेका छन् । 

 
दुरुपयोग भएका ऋणहरु असुल गरेर खराव कर्जा घटाउनु नयाँ सिइओको प्रमुख चुनौती हो । सिइओ मिश्र अध्यापनसमेत गराउँछन् ।