हाम्रो किबोर्ड : १८ महिनामै भयो १० लाख डाउनलोड, के हो यसको सफलताको प्रमुख कारण ?

बिजमाण्डू
२०७२ असार २१ गते ००:०० | Jul 6, 2015
हाम्रो किबोर्ड : १८ महिनामै भयो १० लाख डाउनलोड, के हो यसको सफलताको प्रमुख कारण ?


Tata
GBIME
Nepal Life

काठमाडौँ : स्मार्टफोनहरुका लागि दिनहुँ सयौँ एप्स बजारमा आउँछन्, ती मध्ये कतिपय त यत्तिकै हराउँछन्, केहीलाई धेरेथोरै मान्छेले चलाउँछन्। केही मात्रै त्यस्ता एप्स हुन्छन्, जसलाई हजार हैन लाखभन्दा बढीले डाउनलोड गर्छन्। नेपाली एप्सलाई १० लाख डाउनलोडको ल्यान्डमार्क उपलब्धि पाउन त्यति सजिलो छैन। 


​बारामा जन्मिएर वीरगञ्जमा हुर्किएका र हाल अमेरिकामा रहेका शंकर उप्रेतिले व्यक्तिगत पहलमा बनाएका दुई एप्सले भने १० लाख डाउनलोड पार गरेको छ।

हाम्रो पात्रो उनको पहिलो एप्स हो जसले केही महिनाअघि १० लाख डाउनलोड पूरा गरेको थियो। शनिबार उनको अर्को एप्सले पनि १० लाख डाउनलोड पूरा गर्‍यो- हाम्रो किबोर्ड। डिसेम्बर २०१३ मा पहिलो संस्करण रिलिज भएको हाम्रो किबोर्डले १८ महिनामै यो सफलता पाउन सक्यो। यो एप्स कसरी यस्तो सफल भयो त?  

हामीले उप्रेतिलाई सफलताको रहस्य बताउन आग्रह गर्‍यौँ। उनका अनुसार कारण यी हुन्-

  •        हाम्रो किबोर्ड एन्ड्रोइड सिस्टममा भएको नेपाली डेभलपरले विशेष गरी नेपाली भाषाका लागि बनाएको एउटा मात्र नेपाली किबोर्ड हो। 
  •        हाम्रो किबोर्डले तीन वटा लेआउट सपोर्ट गर्छ- रोमन युनिकोड ट्रान्सलिटरेसन, मदन पुरस्कार पुस्तकालयले विकास गरेको रोमन लेआउट र ट्राडिसनल लेआउट। यसले जुनसुकै किबोर्डमा हात बसेकोले पनि सजिलै टाइप गर्न सक्छन्। 
  •        यो एपको आकार पनि निकै सानो छ। एक एमबीमात्र ठाउँ भए पुग्ने भएकोले यो एप लो इन्ड डिभाइसमा पनि सपोर्ट गर्छ। 
  •       चलाइसकेकाहरुले एकअर्कालाई सोसल साइटलगा्यत अरुबाट पनि सिफारिश गर्ने गरेकोले यसले छिट्टै लोकप्रिय हुन पाएको हो। 

उप्रेतिका अनुसार उनी यो एप्समा क्याप्स लक इस्यु, अटो करेक्सन र थिमहरुमा सुधार गर्ने कार्य गरिरहेका छन्। 

यो पनि हेर्नुस्-
हाम्रो पात्रो
हाम्रो किबोर्ड