सौराहा रातको १२ बजेसम्म खोल्न चाहन्छन् पर्यटन व्वयसायी, काठमाडौं र पोखरा सरह सुविधा चाहियो

बिजमाण्डू
२०७२ असार २१ गते ००:०० | Jul 6, 2015
सौराहा रातको १२ बजेसम्म खोल्न चाहन्छन् पर्यटन व्वयसायी,  काठमाडौं र पोखरा सरह सुविधा चाहियो

रत्ननगर (चितवन) । नेपालको मुख्य पर्यटकीय गन्तव्य सौराहामा आचारसंहितामा कडाइ गरिएपछि पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । प्रमुख पर्यकीय गन्तव्यमा काठमाडौं, पोखरा र सौराहा हुन । सौराहामा आचारसंहिता कडा छ ।

Tata
GBIME
Nepal Life

चितवनको सौराहामा राती १० बजेपछि होटल बन्द गर्नुपर्ने अवस्था आएको भन्दै रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष लालबहादुर भट्टले दुखेसो पोखे । भूकम्पका कारण सुनसान बनेको सौराहा क्षेत्रमा अझै राम्ररी पर्यटन आउन सकेका छैनन् । 

“सबै पर्यटकीय क्षेत्र एकै हो, काठमाडौँ र पोखराले रातभरि खुलाउन पाउने र व्यवसाय गर्न पाउने, तर सौराहामा नपाउने किन”, उनले प्रश्न गरे । वन र वन्यजन्तुलाई असर नगर्ने गरी काठमाडौँ र पोखरा सरहको सुविधा उपलब्ध गराउनसमेत उनले चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहसँग माग गरे ।

रेवान सौराहाका पूर्वअध्यक्ष सुवास गौतमले पाहुना रेस्टुरेन्टमा खाएर होटलमा सुत्न जाँदासमेत मापसे चेकिङ हुने गरेको भन्दै मापसे चेकिङलाई व्यवस्थित गर्न माग गरे । कम्तीमा पनि १२ बजेसम्म सौराहा खुला गर्नुपर्ने व्यवसायीको माग छ । 

उनीहरुले भूकम्पले समेत पर्यटन क्षेत्रलाई ठूलो मात्रामा प्रभावित पारेको भन्दै पर्यटनमा असर गर्ने नीतिलाई फराकिलो रुपमा हेर्नुपर्नेमा जोड दिएका छन् । प्रमुख जिल्ला अधिकारी सिहंले राज्यको शून्य लगानीमा सञ्चालित पर्यटन क्षेत्रको विकासका लागि सक्दो सहगोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उनले रातभरि होटल खुलाउन नपाउने भन्ने नियममा नभएको र व्यवसाय व्यवस्थित गर्न मात्रै आचारसंहिता बनाएको उल्लेख गर्नुहुँदै यसमा परिमार्जन गर्न सकिने बताए । सौराहामा सय बढी सुविधायुक्त होटल छन् । ती होटलमा दैनिक दुई हजार पाँच पर्यटक बस्न मिल्ने क्षमता छ । ६० भन्दा बढी रेस्टुरेन्ट छन् । रासस