जनमत संग्रहमा ग्रीसले भन्यो- नो, अब युराेजाेन भन्दा बाहिर पर्न सक्ने, नेपाललाई पर्ला असर ?

बिजमाण्डू
२०७२ असार २१ गते ००:०० | Jul 6, 2015

एजेन्सी । वैदेशिक ऋण (बेलआउट प्याकेज) लिने कि नलिने सम्बन्धमा ग्रीसमा भएको जनमत संग्रहमा ६० प्रतिशतभन्दा बढीले 'नो' भनेपछि त्यहाँ रातभर उत्सव मनाइयो। तर यो परिणामले ग्रीसलाई मात्र होइन, विश्वभरको अर्थतन्त्रलाई प्रभाव पर्दैछ। नेपालमा पनि यसको प्रभाव पर्ने निश्चित छ। 



युरोपेली नेताहरुले जनमत संग्रहअघि बारम्बार चेतावनी दिएका थिए 'नो' भनियो भने ग्रीसलाई युरोजोनभन्दा बाहिर राखिन सक्छ। तर यो चेतावनीलाई ग्रीसका जनताले वास्ता गरेनन्।

ग्रीसको जनमत संग्रहको परिणाम स्वरुप भारतीय वित्त बजारमा असर पर्न सक्ने त्यहाँका अर्थशास्त्रीहरुको भनाई छ। ग्रीसलाई इयुबाट निकालियो भने भारतीय रुपैयाँ कमजोर हुनसक्ने संभावना देखाइएको छ। भारतीय मुद्रासँग स्थिर विनिमय दर भएका कारण भारतीय रुपैयाँ कमजोर हुने बित्तिकै त्यसको सीधा असर नेपालमा पनि पर्नेछ। 

सोमबार बिहानै भारत लगायत एसियाली बजारमा गिरावट देखिएको छ। 

Tata
GBIME
Nepal Life

ग्रीसमा संकट

ग्रीसका बैँकमा नगदको संकट देखा परेको छ। कतिपय बैँकका एटिएम मेसिनले त एक दिनमा ६० युरोभन्दा बढी निकाल्न नसकिने बनाएका छन्। जनमत संग्रहअगाडि युरोपेली नेताहरुले भने सरह ग्रीसलाई युरोजोनबाट निकालियो भने युरोपेली संघबाट प्राप्त हुने सहयोग बन्द हुनेछ। 

यो सहयोग बिना ग्रिस संकटबाट निस्कन कठिन छ। 

के हो विवाद?

युरो जोनले ग्रीसलाई बेलआउट प्याकेजमा आर्थिक अनुशासनका लागि कयौँ कडा शर्तहरु राखेको थियो। जसमा कर बढाउने, सामाजिक योजनाहरुमा खर्च कटौति गर्नुपर्ने जस्ता माग थियो। ग्रीसका प्रधानमन्त्रीले यी शर्तहरुलाई अपमानजनक भन्दै लोकतान्त्रिक विधि अनुसार निर्णय गर्ने भन्दै जनमत संग्रह गरेको थियो। ग्रीसका अर्थमन्त्रीले युरोजोनको रणनीतिलाई आतंकवाद जस्तो भन्दै आलोचना गरेको थियो।