सेयर कारोबार रकममा सुधार देखियो, सोमबार २६ करोड रुपैयाँको कारोबार, नेप्से १.२६ अंकले झर्यो

बिजमाण्डू
२०७२ असार २१ गते ००:०० | Jul 6, 2015
सेयर कारोबार रकममा सुधार देखियो, सोमबार २६ करोड रुपैयाँको कारोबार, नेप्से १.२६ अंकले झर्यो


काठमाडौं । सेयर कारोबार रकममा केही सुधार देखिएको छ । आइतबार १७ करोडको मात्रै सेयर किनबेच भएकोमा सोमबार २६ करोड नौं लाख रुपैयाँको सेयर किनबेच भयो ।
 
एभरेष्ट इन्स्योरेन्सको सेयर किनबेचले कारोबार रकमलाई माथि उठाएको हो । यो इन्स्योरेन्सको मात्रै चार करोड ४१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । पाँच वटा कम्पनीको सेयर कारोबार एक करोड भन्दा बढी भयो । 

Tata
GBIME
Nepal Life


 

समूहगत आधारमा बाणिज्य बैंकहरुको आठ करोड रुपैयाँको, विकास बैंक समूहको तीन करोड रुपैयाँको र इन्स्योरेन्स समूहको दुई करोड ८४ लाख रुपैयाँको सेयर कारोबार रहेको छ । त्यस्तै जलविद्युत समूहको सेयर पनि करिब दुई करोड रुपैयाँको कारोबार भयो । 
 
इन्स्योरेन्स र जलविद्यूत समूहले परिसूचक तल झारेका हुन् । इन्स्योरेन्सको ३६ अंक, जलविद्यूतको ११ र होटल समूहको सूचक १७ अंकले झर्यो ।बाणिज्य बैंक र अन्य समूहको सूचकमा आएको सुधारले बजार माथि उठाउन सकेन । कारोबार रोकिँदा नेप्से ९३६.७६ अंकले झरेको हो । 
 
दिउसो दुई बजे बजार तल्लो विन्दु ९३४ अंकमा ओर्लिएको थियो । त्यसपछिको एक घण्टामा बजार पुनः थोरै सुध्रिएर बन्द भएको हो ।