अपार्टमेन्टमा भएको क्षति मुल्यांकन डेभलपरले नै गर्ने, सहुलियतका लागि ६ महिनाको व्याज छुट

बिजमाण्डू
२०७२ असार २१ गते ००:०० | Jul 6, 2015
काठमाडौं । अपार्टमेन्टमा बस्ने मध्ये करिब ३५ सय परिवार अझै आफ्नो बासस्थान फिकिएका छ्रैनन् । भूकम्पबाट अपार्टमेन्टमा क्षति पुगेपछि ती मानिस अन्यत्र बसिरहेका छन् ।
 
सहरी विकास तथा भवन निर्माण विभागले हरियो चिन्ह दिएका बाहेकका अपार्टमेन्टमा नबस्न आग्रह गरेपछि उनीहरु अझै वाहिर बसेका हुन् । 


 
वैशाख १२ गते र त्यसपछिका परकम्पले अपार्टमेन्टमा बस्दै आएका ३५ सय परिवार अझै अपार्टमेन्टमा नफर्किएको व्यवसायीहरुले जानकारी दिएका छन् । नेपाल जग्गा तथा आवास विकास संघका अनुसार काठमाडौंमा १० हजार सात सय युनिट अपार्टमेन्ट तयार भएका थिए । यो मध्ये पाँच हजार सात सय युनिट बिक्री भएको थियो ।
 

Tata
GBIME
Nepal Life

'नेपालभित्र विस्तारै अपार्टमेन्टको संस्कृति विकास हुँदै थियो । बिक्री भएका अपार्टमेन्टमा ३५ सय परिवार बस्दै आएका थिए । भूकम्पले व्यवस्थित आवासलाई अघि बढाउने योजनालाई केही वर्ष पछि धकेलेको छ । भूकम्पले अपार्टमेन्ट भत्किएनन् र मान्छेको हताहती भएन । त्यसैले केही समयमै विश्वास आर्जन गर्न सकिन्छ भन्ने आत्मविश्वास छ ।’
 -मीनमान श्रेष्ठ
महासचिव, नेपाल जग्गा तथा आवास विकास संघ

 


‘नेपालभित्र विस्तारै अपार्टमेन्टको संस्कृति विकास हुँदै थियो । बिक्री भएका अपार्टमेन्टमा ३५ सय परिवार बस्दै आएका थिए,’ संघका महासचिव मीनमान श्रेष्ठले बिजमान्डूसँग भने, ‘भूकम्पले व्यवस्थित आवासलाई अघि बढाउने योजनालाई केही वर्ष पछि धकेलेको छ । भूकम्पले अपार्टमेन्ट भत्किएनन् र मान्छेको हताहती भएन । केही समयमै विश्वास आर्जन गर्न सकिन्छ भन्ने आत्मविश्वास छ ।’ 
 
भूकम्पपछि विभागले गरेको अध्ययनमा कुलेश्वर अपार्टमेन्ट फेज टु, पार्क भ्यू होराइजन धापासी बस्न नमिल्ने भन्दै रातो चिन्ह दिएको छ भने सेन्ट्रल पार्क, सिटी इस्केप ए,  सिटी इस्केप बि, प्रेस्टिज, ग्रान्डी टावर चन्डोल, ग्रान्डी टावर टोखा, ग्रान्डी धुम्वाराहीले पहँलाे चिन्ह पाएका छन् । त्यस्तै विनायक अपार्टमेन्ट, केएल अपार्टमेन्ट, सिटी भ्यू अपार्टमेन्ट, इम्पेरियल कोर्ट, मर्करी स्टरलिङ, सनराईज टावर, कलश अपार्टमेन्ट, मेट्रो अपार्टमेन्ट, कुलेश्वर अपार्टमेन्ट फेज वान, लाजिम्पाट अपार्टमेन्ट, सिटीसी मल र सनराइज अपार्टमेन्टले पहेँलो चिन्ह पाएको थियो । 
 
अपार्टमेन्टमा कहिले बस्न मिल्छ ? 
विभागको निर्देशनपछि डेभलपर आफैले क्षतिको मूल्यांकन सुरु गरेका छन् । सरकारले तयार पारेको मापदण्ड र विज्ञसहितको टोलीले अपार्टमेन्टको क्षति मूल्यांकन गर्ने र त्यो प्रतिवेदन विभागमा बुझाउनेछन् । 
 
डेभलपरले बुझाएको प्रतिवेदनका आधारमा विभागले अपार्टमेन्टको अनुगमन गर्नेछ । श्रेष्ठका अनुसार अनुगमनपछि अपार्टमेन्टको मर्मत सुरु हुनेछ । 
 
‘अपार्टमेन्टको मर्मतपछि विभागको अधिकारीहरुले निरीक्षण गर्नेछन् । सबै प्राविधिक अध्ययनपछि विभागले बस्नको लागि अनुमति दिनेछ,’ उनले भने, ‘यो सबै प्रक्रिया पूरा गर्न ६ महिनासम्म लाग्नसक्छ ।’ अहिले कतिपय पँहेलो चिन्ह लागेको अपार्टमेन्टमा विभागको आग्रहलाई अटेर गरेर बस्दै आएका छन् । विभागले आफुखुशी अपार्टमेन्ट मर्मत गर्न पनि रोक लगाएको छ । 
 
अपार्टमेन्टको भबिष्य के होला ? 
संघका अनुसार अपार्टमेन्टमा बैंक तथा वित्तिय संस्था, युनिट होल्डर र डेभलपरको गरेर सवा खर्बको लगानी छ । भूकम्पपछि केही वर्षअघि देखि सुरु भएको अपार्टमेन्ट संस्कृतिलाई ठूलो धक्का लागेको छ । 
 
‘तत्कालका लागि केही वर्ष अपार्टमेन्टमा धक्का लागेको छ । हामीले यो व्यवसाय पुर्नउत्थानका लागि तत्कालै विदेशीलाई अपार्टमेन्ट बिक्री गर्न पाउने प्रावधान ल्याउन माग गरेका छौ,’ संघका महासचिव श्रेष्ठले भने, ‘यो व्यवस्थाले अपार्टमेन्टलाई केही भएपनि राहत दिनेछ ।’ भूकम्पले व्यवसायमा गम्भिर प्रभाव परेकोले ६ महिना ब्याज मिनाहा गर्न संघले प्रस्ताव गरेको छ । 
 
संघका अनुसार बैंक तथा वित्तिय संस्थासँग १६ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप परिचालन भएको छ । यसमा ब्याज तिनुपर्ने रकम ९२ प्रतिशत रकम छ । श्रेष्ठका अनुसार १५ खर्ब १८ अर्ब रुपैयाँको औसत ब्याजदर चार प्रतिशतका आधारमा वर्ष दिनमा ६२ अर्ब रुपैयाँ ब्याजको भार आउँछ । 
 
‘८२ वर्षपछि आएको महाविपत्तीमा ६ महिनाको ब्याज मिनाहा गर्दा व्यवसायिक क्षेत्रमा सकारात्मक सन्देश जान्छ,’ उनले भने, ‘वार्षिक चार खर्ब रुपैयाँ राजस्व उठ्छ । यसमा तीन खर्ब निजी क्षेत्रको योगदान छ । त्यसको १० प्रतिशत मात्रै छुट दिँदा व्यवसायीको आत्मबल बढ्छ र व्यवसायिक क्षेत्रले पनि पुर्नउत्थानको मौका पाउँछन् ।’