रिलायबल रेमिट र एस डेभलपमेन्ट बैंकबीच सम्झौता, रिलायबल रेमिटको भुक्तानी एसले पनि गर्ने

बिजमाण्डू
२०७२ असार २१ गते ००:०० | Jul 6, 2015
काठमाडौं । रिलायवल रेमिट र एस डेभलपमेन्ट बैंक बीच रेमिट्यान्स सम्झौता भएको छ । 
 

सहमति पछि बैकका सबै शाखाबाट रिलायबल रेमिटको रेमिट्यान्स सेवा प्राप्त गर्न सकिने छ । एस डेभलपमेन्ट बैंकको कुल १३ शाखाबाट सेवाग्राहीले देश विदेशबाट आएको भुक्तानी लिन सक्नेछन् । देशभर छरिएर रहेका ३६ सय भन्दा बढी सञ्जाल मार्फत विभिन्न बाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीमा नगद खातामा जम्मा गर्न सकिने जानकारी पनि गराइएको छ । 
 
संझौतामा रिलायबल रेमिट तथा रिलायबल डेभलपमेन्ट बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र एस डेभलपमेन्ट बैंकका तर्पmबाट कामु प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले सम्झौतामा हस्ताक्षर भएको छ ।
 

Tata
GBIME
Nepal Life