नेपाल प्रहरीले माग्यो एक सय ४३ असई, साउन १ देखि ३० गतेभित्र आवेदन, प्लस टु गरेकालाई अवसर

बिजमाण्डू
२०७२ असार २३ गते ००:०० | Jul 8, 2015
नेपाल प्रहरीले माग्यो एक सय ४३ असई, साउन १ देखि ३० गतेभित्र आवेदन, प्लस टु गरेकालाई अवसर

काठमाडौं । नेपाल प्रहरीले एक सय ४३ जना प्रहरी सहायक निरीक्षक (असई) को भर्ना खुला गरेको छ। बुधबार गोरखापत्रमा सूचना प्रकाशित गरेर प्रहरीले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार भर्ना खुला गरेको हो।

Tata
GBIME
Nepal Life

जस अनुसार खुलातर्फ ८२ जना माग गरिएको छ भने आरक्षण तर्फ अमर/अशक्त प्रहरी परिवारबाट ३ जना, आदिवासी जनजाति २१ जना, मधेशी १९ जना, महिला १४ जना, दलित १० जना र पिछडिएका क्षेत्रबाट ४ जना माग गरिएको छ।

इच्छुक नेपाली नागरिकले यी पदमा आउँदो साउन १ देखि ३० गतेभित्र आवेदन गर्न सक्नेछन्। आवेदन फारम लिन र बुझाउने ठाउँ  देशभरीका १४ वटा अञ्चल प्रहरी कार्यालय, ५ विकास क्षेत्रका क्षेत्रीय प्रहरी तालिम केन्द्र र काठमाडौंको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीलाई तोकिएको छ।
असईमा भर्ना हुनका लागि प्लस टु पास गरेको हुनुपर्नेछ भने उमेर १८ वर्ष पूरा भइ २४ वर्ष ननाघेको हुनुपर्नेछ।

हेर्नुस् सूचना