अपि पावरको साधारण सेयर बिहीबारबाट निस्कासन, ३० लाख कित्ता जारी, हजार कित्तासम्म भर्न पाइने

बिजमाण्डू
२०७२ असार २३ गते ००:०० | Jul 8, 2015
काठमाडौं । अपि पावर कम्पनीले असार २४ गते (भोली) देखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले दार्चुलाको नौगढ गाढ खोलामा ८.५ मेगावाट क्षमताको विद्युत आयोजना निर्माण गरेको छ । सेयर निष्कासन असार २८ गते बन्द हुनेछ । 

कम्पनीले सर्वसाधारणका लागि ३० प्रतिसत सेयर निष्कासन गरेको हो । सस्थापक समूहको ६० र आयोजना प्रभावित दार्चुला र बैतडीका स्थानीय वासिन्दाको १० प्रतिसत सेयर लगानी छ । आयोजनामा एक हजार ६४ जना सस्थापक सेयर धनी छन् । 


 
लगानीकर्ताले न्युनमत ५० र अधिकतम एक हजार कित्ता सेयर किन्न आवेदन दिन पाउने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । निष्कासन गरिएको मध्ये ९० हजार कित्ता कर्मचारीका लागि, सामूहिक लगानी कोषका लागि एक लाख ५० हजार कित्ता सेयर छुट्याइएको छ । 
 
यो आयोजना अरुण भ्याली हाइड्रोपावर सञ्चालन गर्ने गुरु प्रसाद न्यौपानेको समूहले प्रवद्र्धन गरेको हो । कम्पनीको अध्यक्ष गुरु न्यौपाने छन् । सर्वसाधारणलाई सेयर निष्कासन गरिसकेपछि कम्पनीको चुक्तापूजी एक अर्ब रुपैयाँ पुग्नेछ ।

Tata
GBIME
Nepal Life

कम्पनीले चालु आर्थिक वर्षसम्म नोक्सान हुने जनाएको छ । दुई वर्ष पनि कम्पनीको सञ्चित नाफा २९ करोड ५५ लाख रुपैयाँ पुग्नेछ । 
 

सेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । सेयर आवेदनको संकलन केन्द्रमा अपि पावर लिमिटेड थापाथली, एनआईविएल क्यापिटल मार्केट्स, नेपाल इन्भेष्टमेन्ट बैंकका सबै शाखा कार्यालय र जनता बैंकको मुख्य कार्यालय, अछाम, दार्चुला, रोल्पा र दाङको घोराही शाखा छन् ।