माइक्रोम्याक्सको नयाँ मोवाइल सार्वजनिक, डबल सिमकार्ड लाग्ने मोवाइलको मूल्य ६ हजार रुपैयाँ

बिजमाण्डू
२०७२ असार २८ गते ००:०० | Jul 13, 2015
माइक्रोम्याक्सको नयाँ मोवाइल सार्वजनिक, डबल सिमकार्ड लाग्ने मोवाइलको मूल्य ६ हजार रुपैयाँ
काठमाडौं । माइक्रोम्याक्स मोवाइलले माइक्रोम्याक्स बोल्ट डि ३०३ मोवाइल नेपाली बजारमा ल्याएको छ । एन्ड्रोइड किटक्याट भर्सन ४.४ प्रयोग गरिएको नयाँ मोवाइल सोमबारबाट बजारमा उपलब्ध भएको कम्पनीले जनाएको छ । 

Tata
GBIME
Nepal Life


 

यो मोवाइलमा डबल कोर १.३ गिगाहर्ज कोर प्रोसेसर रहेको छ । पाँचसय १२ एमबी र्‍याम रहेको मोवाइलमा चार इन्च डब्लुभिजिए टच स्क्रिन रहेको छ । यो मोवाइलमा १३ सय एमएएच ब्याट्री प्रयोग गरिएको छ । 
 
यो मोवाइलमा ३.२ मेगापिक्सेलको रेयर क्यामेरा तथा ०.३ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । यसले सेल्फी खिच्न तथा भिडियो च्याट गर्न सघाउने कम्पनीले जनाएको छ । यो मोवाइलमा चार जिबी इन्टरनल मेमोरी र ३२ जिबीसम्मको एक्सटर्नल मेमोरी प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । 
दुईवटा सिमकार्ड प्रयोग गर्न सकिने यो मोवाइलको मूल्य ६ हजार एकसय ५० रुपैयाँ तोकिएको छ ।