नेपाल वायुसेवा निगमले माग्यो १२ कर्मचारी, पाचौं तहदेखि आठौं तहसम्मका प्राविधिकको माग

बिजमाण्डू
२०७२ असार २९ गते ००:०० | Jul 14, 2015
नेपाल वायुसेवा निगमले माग्यो १२ कर्मचारी, पाचौं तहदेखि आठौं तहसम्मका प्राविधिकको माग

काठमाडौं । नेपाल वायुसेवा निगमले १२ जना कर्मचारी माग गरेको छ । निगमले पाचौं, सातौं र आठौं तहमा १२ जना प्राविधिकको माग गरेको हो ।

Tata
GBIME
Nepal Life

निगमले आठौं तहमा सूचना तथा प्रविधि समूहमा एकजना आइटी म्यानेजरको माग गरेको हो । यो पदका लागि दरखास्त दिन चाहनेले सूचना प्रविधि, कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर एप्लिकेसन, कम्प्युटर साइन्स, इन्फर्मेसन म्यानेजमेन्टमा स्नातकोत्तर गरेको हुनुपर्नेछ ।

निगमले आठौं तहकै सामान्य प्राविधिक समूहमा दुई जना वरिष्ठ आइटी इन्जिनियर माग गरेको छ । यसका लागि सूचना प्रविधि, कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर एप्लिकेसन, कम्प्युटर साइन्स, इन्फर्मेसन म्यानेजमेन्टमा स्नातक गरेको हुनुपर्नेछ ।

निगमले सातौं तहको सूचना प्रविधि समूहमा कम्प्युटर हार्डवेयर इन्जिनियर दुई जना तथा कम्प्युटर सफ्टवेयर इन्जिनियरको पनि विज्ञापन खुलाएको छ ।

यस्तै निगमले सामान्य प्राविधिक समूहको सिनियर आइटी टेक्निसियन पदमा पनि दरखास्त आव्हान गरेको छ । यो पदमा पाँचजना कर्मचारी माग गरिएको छ ।