अब टेलिफोन सेवा प्रयोग गर्दा पहिलेभन्दा महँगो शुल्क, पुनर्निर्माण गर्न सरकारले बढायो १% कर

बिजमाण्डू
२०७२ असार २९ गते ००:०० | Jul 14, 2015
अब टेलिफोन सेवा प्रयोग गर्दा पहिलेभन्दा महँगो शुल्क, पुनर्निर्माण गर्न सरकारले बढायो १% कर

Tata
GBIME
Nepal Life

काठमाडौं । तपाईले अब टेलिफोन सेवा उपयोग गर्दा पहिलेभन्दा वढी शुल्क तिर्नु पर्ने भएको छ । सरकारले साउन १ गतेबाट दुरसञ्चार सेवामा थप १ 
प्रतिशत कर लगाउने भएको छ । 

 
अहिले करिव २७ प्रतिशत कर लाग्ने गरेकोमा अब २८ प्रतिशत पुगेको छ । अर्थमन्त्री डा. रामशरण महतले संसदमा बजेट प्रस्तुत गर्दै कर वढेको जनाएका हुन् । 
 
यो रकम भुकम्पबाट क्षतिग्रस्त भएका पुरातात्विक र सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणमा खर्च हुने छ । पुननिर्माण सम्पन्न भएपछि यस्तो कर लाग्ने वा नलाग्ने अर्थमन्त्रीले खुलाएका छैनन् । उनले पुनर्निर्माणको काम पाँच बर्षभित्र सक्ने जनाएका छन् ।
 
बजेट भाषण गर्दै डा. महतले सांस्कृतिक सम्पदा पुनर्निर्माण गर्न बलियो आधार देखाउने निजी कम्पनी वा गैरसरकारी संस्थालाई पनि जिम्मेवारी दिन सक्ने बताएका छन् ।