आउँदो बर्ष १९४२ किलोमिटर सडकको ट्रयाक खुल्ने, ७९५ किमी कालोपत्रे, १७० पुल आउँदो बर्षभित्रै

बिजमाण्डू
२०७२ असार २९ गते ००:०० | Jul 14, 2015
काठमाडौं । सरकारले आगामी बर्ष दुई हजार किलोमिटर नयाँ शडक बनाउने घोषणा गरेको छ । अर्थमन्त्री डा. महतले १९ सय ४२ किलोमिटर नयाँ ट्रयाक खोल्न बजेट विनियोजन गरेका छन् ।


 
अहिले करिव ५३ हजार किलोमिटर ट्रयाक खुलिसकेको छ । तर यो सडकमा १२ महिना गाडी चल्न सक्दैन । सरकारले तीन बर्षभित्र सबै निर्वाचन क्षेत्रमा बाह्रै महिना सवारी साधन गुड्ने बाटो निर्माण गर्ने जनाएको छ ।
 
आगामी आर्थिक बर्षमा सात सय ९५ किलोमिटर सडक कालोपत्रे गर्ने घोषणा पनि गरेको छ । सरकारले नियमित सवारी साधन चल्ने बनाउनका लागि आगामी आर्थिक बर्षभित्रै १७० वटा पुल निर्माण गरिसक्ने जनाएको छ ।
 
आगामी पाँच बर्षभित्र ८४० वटा पुल निर्माण गर्ने लक्ष्यसमेत सरकारले लिएको छ । त्यसमध्येका १७० वटा पुल आगामी बर्षभित्रै निर्माण भइसक्ने छन् । 
 
५३ हजार किलोमिटर ट्रयाक खुलिसकेको स्थानमा पुल नभएका कारण नियमित रुपमा सवारी साधन चल्न सकेका छैनन् । ८४० वटा पुल निर्माण भएपछि ५३ हजार किलोमिटर सडक नियमित सञ्चालनमा आउने छ । 
 
सडक विस्तार र पुल निर्माणका लागि आगामी बर्ष ५४ अर्ब रुपैयाँ खर्च गर्ने सरकारी लक्ष्य छ । 

Tata
GBIME
Nepal Life