सिद्धार्थ डेभलपमेन्ट बैंकले १६ करोड रुपैयाँ नाफा गर्यो, खराव कर्जा घटाएर चार प्रतिशतमा झार्यो



बिजमाण्डू
२०७२ साउन १ गते ००:०० | Jul 17, 2015
काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंकले गत आर्थिक बर्ष १६ करोड रुपैयाँ  खुद नाफा गरेको छ । 
 
बैंकले नाफा बृद्धिसँगै खराव कर्जाको अंश घटाएको छ । अघिल्लो बर्ष ७.८ प्रतिशत रहेको खराव कर्जा ४.०३ प्रतिशतमा झरेको छ । बैंकले ८८ हजार निक्षेपकर्ताबाट ६ अर्ब ९८ करोड निक्षेप संकलन गरेको छ भने पाँच अर्ब ७१ करोड कर्जा लगानी गरेको छ ।
 
बैंकसँग तरलता अनुपात २८.७ प्रतिशत छ । बैंकका १८ वटा शाखा, १९ वटा एटिएम छन् । बैंकको ३६ हजारभन्दा वढी एटिएम कार्ड प्रयोगकर्ता छन् । 

Tata
GBIME
Nepal Life