हुवावेले नेपाली बजारमा ल्यायो दुई नयाँ स्मार्टफोन, १० हजार र ८ हजार रुपैयाँ मूल्य तोकियो

बिजमाण्डू
२०७२ साउन ३ गते ००:०० | Jul 19, 2015
हुवावेले नेपाली बजारमा ल्यायो दुई नयाँ स्मार्टफोन, १० हजार र ८ हजार रुपैयाँ मूल्य तोकियो

काठमाडौं । हुवावेले नेपाली बजारमा वाइ फाइभ सी र वाइ थ्री सी स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । बजेट मूल्यमा उपलब्ध हुने यी नयाँ स्मार्टफोनको गुणस्तर र कार्यक्षमता भने प्रिमियम स्मार्टफोनकै हाराहारीको रहेको हुवावे मोवाइल न्यूरोडका लागि आधिकारीक बिक्रेता टेली टकका निर्देशक रोशन बिष्टले जानकारी दिए ।
 

Tata
GBIME
Nepal Life

हुवावेले ल्याएको नयाँ स्मार्टफोन वाई फाइभ सीमा ४.५ इन्चको भिभिड डिस्प्ले राखिएको छ । यसमा शक्तिशाली सुपर फाष्ट १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ । हुवावे वाई फाइभ सी स्मार्टफोनमा एक जीबीको र्‍याम तथा आठ जीबीको आन्तरिक स्टोरेज उपलब्ध छ ।
 
यो फोनमा दुईवटा एलईडी फ्ल्याशसहितको आठ मेगापिक्सेलको क्यामरा तथा दुई मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । दुईवटा सिम सपोर्ट गर्ने यो फोनमा १७ सय ३० एमएएच ब्याट्री राखिएको छ । यो मोवाइलको मूल्य नौ हजार नौसय ९९ रुपैयाँ तोकिएको छ ।
 
हुवावेले बजारमा ल्याएको अर्को स्मार्टफोन हो वाई थ्री सीमा चार इन्चको भिभिडि डिस्प्ले राखिएको छ भने सूपर फाष्ट १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ । यो स्मार्टफोनमा पाँचसय १२ एमबीको र्‍याम तथा चार जीबीको आन्तरिक स्टोरेज राखिएको छ ।
 
हुवावे वाई थ्री सी स्मार्टफोनमा दुई वटा एलईडी फ्ल्याशसहित पाँच मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । दुई सिम सर्पोट गर्ने यो स्मार्टफोनमा १७ सय ३० एमएएचको ब्याट्री राखिएको छ । यो मोवाइलको मूल्य सातहजार नौसय ९९ रुपैयाँ राखिएको छ ।