जियोनीले नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याउँदै, १० हजार रुपैयाँ पर्ने, तीन रङमा उपलब्ध

बिजमाण्डू
२०७२ साउन ६ गते ००:०० | Jul 22, 2015
जियोनीले नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याउँदै, १० हजार रुपैयाँ पर्ने, तीन रङमा उपलब्ध


काठमाडौं । मोवाइल फोन उत्पादक जियोनिले चाँडै नै नयाँ बजेट स्मार्टफोन ‘जियोनि पायोनियर पी टु एम’ नेपाली बजारमा भित्र्याउने भएको छ । जियोनिका प्रमुख विलियम लुले असारमा आफ्नो नेपाल भ्रमणका क्रममा बताए अनुसार जियोनिले प्रिमियम प्रयोगकर्तालाई लक्षित मोडलसँगै बजेट मोडलका फोनहरु नेपाल भित्र्याउन लागेको हो । 


 
चाँडै नै नेपाल आउन लागेको नयाँ स्मार्टफोनमा डुअल सिम र चार इन्चको डब्लु भीजी ए स्क्रिन राखिएको छ । यो मोवाइलमा तीनहजार एमएएचको ब्याट्री प्रयोग गरिएको छ । यस्तै फोनमा रहेको एक्स्ट्रिम पावर सेभिङ्ग मोडले एकदमै कम ब्याट्रीमा पनि फोनलाई चलाउन सकिने कम्पनीले जनाएको छ । 
 
नौ हजार नौसय ९९ रुपैयाँ मूल्य तोकिएको यो स्मार्टफोनमा १६ जिबी इन्टर्नल स्टोरेज क्यापासिटि रहेको छ । उस्तै मेमोरी कार्डको माध्यमबाट ३२ जिबीसम्म मेमोरी यो फोनमा थप्न सकिने कम्पनीले जानकारी दिएको छ । 
 
जियोनिको पायोनियर पी टु एममा १.३ गिगाहर्जको क्वाड कोर सी पी यु र एक जिबी र्‍याम रहेको छ । पायोनियर पी टु एममा पाँच मेगा पिक्सलको रियर क्यामेरा र ०.३ मेगा पिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । यो मोडेलमा आन्ड्रोइड ५.१ ललिपपमा आधारित अमिगो ३.० अपरेटिङ सिस्टम रहेको छ र कमिलियन जस्ता जियोनिकै एक्सक्लुसिभ एप पनि यसमा हुने कम्पनीको भनाइ छ । जियोनि पायोनियर पी टु एम तीन रंग कालो, सेतो र सुनौलोमा उपलब्ध हुनेछ ।
 

Tata
GBIME
Nepal Life