पुनर्बीमा कम्पनीको सिइ‌ओमा चिरायुृ भण्डारी नियुक्त, नेपालमै पुनर्बीमा गराउने प्रमुख चुनौति

बिजमाण्डू
२०७२ साउन ८ गते ००:०० | Jul 24, 2015
पुनर्बीमा कम्पनीको सिइ‌ओमा चिरायुृ भण्डारी नियुक्त, नेपालमै पुनर्बीमा गराउने प्रमुख चुनौति
काठमाडौं । पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा चिरायु भण्डारी नियुक्त भएका छन् । उनी चार वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त भएका हुन् । 


 
गत जेठमा कम्पनीले प्रमुख कार्यकारीका लागि विज्ञापन गरेको थियो । खुल्ला प्रतिस्पर्धामा भण्डारी छानिएका हुन् । भण्डारीले गत साउनको सुरु देखि कार्यभार सम्हालेका हुन् । 
 
बीमाका क्षेत्रमा उनले ३५ वर्षको अनुभव हासिल गरेका छन् । राष्ट्रिय बीमा सस्थानबाट बीमा क्षेत्रमा प्रवेश गरेका भणडरीले पछिल्लो समय नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा थिए । 
 
पुनर्बीमाका लागि नेपालबाट बार्षिक तीन अर्ब रुपैयाँ भन्दा बढी बाहिरिने गरेको छ । पुनर्बीमा नेपालमै गराउने र प्रिमियमका लागि बाहिरिने रकम नेपालमै राख्नु उनको चुनौति हो । पुनर्बीमा कम्पनीको सस्थापकमा नेपालका बीमा कम्पनीहरु पनि छन् । आफू पनि लगानीकर्ता भएको कारण विस्तारै नेपाली कम्पनीमै पुनर्बीमा हुने विश्वास भण्डारीको छ । 
 
‘एकै बर्षमा सबै पुनर्बीमा नेपालमा हुन्छ भन्ने होइन, नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भण्डारीले बिजमाण्डूसँग भने, विदेशी कम्पनीसँगको संझौता सकिएपछि विस्तारै नेपालकै कम्पनीसँग पुनर्बीमा हुन्छ ।’ 
 

Tata
GBIME
Nepal Life