सुनको भाउ २०६८ साउनपछिकै सस्तो, शुक्रबार एकैदिन आठसय रुपैयाँ सस्तो, अझै घट्ने प्रक्षेपण

बिजमाण्डू
२०७२ साउन ८ गते ००:०० | Jul 24, 2015
सुनको भाउ २०६८ साउनपछिकै सस्तो, शुक्रबार एकैदिन आठसय रुपैयाँ सस्तो, अझै घट्ने प्रक्षेपण

काठमाडौं । सुनको भाउ २०६८ साउन पछिकै सस्तो भएको छ । चार वर्ष अघि साउन २३ गते तोलाको ४७ हजार पाँचसय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार तोलाको ४७ हजार दुईसयमा झरेको छ ।

Tata
GBIME
Nepal Life

निरन्तर ओरालो लागिरहेको सुनको भाउ हप्ताको अन्तिम दिन शुक्रबार तोलामा आठसय रुपैयाँले घटेको छ । विहीबार तोलाको ४८ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ४७ हजार दुईसय रुपैयाँमा झरेको छ । नयाँ आर्थिक वर्षको पहिलो दिनबाट सुनको भाउ ओरालो लागिरहेको छ ।

सुनचाँदी व्यवसायीहरुले सुनको भाउ अझै ओरालो लाग्ने अनुमान गरिरहेका छन् । सुनको भाउ तोलामा ४५ हजार रुपैयाँसम्म झर्न सक्ने अनुमान उनीहरुको छ ।

भारतमा पनि शुक्रबार सुनको भाउ घटेको छ । भारतमा सुन प्रति १० ग्राम २४ हजार पाँचसय ५६ भारतीय रुपैयाँमा कारोबार भइरहेको छ । विहीबार भारतीय बजारमा १० ग्राम सुनको मूल्य २४ हजार सातसय ९० भारुमा कारोबार भएको थियो ।

शुक्रबा चाँदीको भाउ तोलाको ६ सय ६० रुपैयाँ तोकिएको छ । विहीबार तोलाको ६ सय ६५ रुपैयाँमा किनबेच भएको चाँदी शुक्रबार पाँच रुपैयाँले सस्तो भएको हो ।