सानिमा बैंकले काठमाडौंबाट सुरु गर्यो केआईएसओएसके सेवा, सबै शाखामा विस्तार गर्ने बैंकको तयारी




सानिमा बैंकले नेपाली बैंकिङ क्षेत्रमा नै पहिलो पटक स्वयं सेवा यन्त्र (केआईओएसके) प्रणालीको सुरुवात गरेको छ । बैंकका अध्यक्ष बिनयकुमार श्रेष्ठले केआईएसओएसके सेवाको सुरुवात गरे ।



नयाँ सेवाको सुरुवातसँगै ग्राहकले विभिन्न बैंकिङ सेवाहरु लाइन नबसी लिन सक्ने बैंकले जनाएको छ । केन्द्रीय कार्यालयबाट सुरु गरिएको यो सेवा बैंकका सबै शाखाहरुमा विस्तार गरिने बैंकले जनाएको छ ।

नयाँ सेवाबाट बैंकले स्टेटमेन्ट प्रिन्ट गर्ने, चेक डिपोजिट गर्नेलगायतका काम सजिलै गर्न सक्ने बैंकले जानकारी दिएको छ । यो यन्त्रबाट सबै सेवा २४ सै घण्टा सञ्चालन हुने बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले ग्राहकलाई नयाँ सेवा दिन पाएकोमा खुशी व्यक्त गरे ।

Share this Story

   

सानिमा बैंकले काठमाडौंबाट सुरु गर्यो केआईएसओएसके सेवा, सबै शाखामा विस्तार गर्ने बैंकको तयारी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.