हुन्डाईको क्रियटा बीस दिनमा १५ हजार बुकिङ, आर्कषक कम्प्याक्ट एसयुभी, तीन वटा इन्जिन अप्सन

बिजमाण्डू
२०७२ साउन ९ गते ००:०० | Jul 25, 2015
नयाँदिल्ली । हुन्डाईको क्रियटा गाडी २० दिनमा १५ हजार बुकिङ भएको छ । हुन्डाईले गत जुलाई २०मा यो गाडीको बिक्री शुभारम्भ गरेको थियो । क्रियटा हुन्डाईको कम्प्याक्ट एसयुभी गाडी हो । यो गाडी अरु एसयुभी भन्दा आर्कषक देखिन्छ । यो गाडी तीन इन्जिन अप्सनमा उपलब्ध छ ।

Tata
GBIME
Nepal Life


 पेट्रोल इन्जिन १.६ क्षमता भएको गाडीको १ सय २३ पीएस शक्ति र १ सय ५५ एनएम टर्क उत्पन्न हुन्छ । डिजलमा यो गाडी दुई वटा अप्सनमा बजारमा उपलब्ध छ । पहिलो १.४ लिटर डिजल इन्जिनमा ९० पीएस शक्ति उत्पन्न गर्ने क्षमता छ । यो हुन्डाईको एलिट आई–२०मा थियो । 

 

दोस्रो १.६ लिटर डिजल इन्जिन रहेको गाडी जसले १ सय २८ पीएस शक्ति दिन सक्छ । यो इन्जिन हुन्डाईको बर्नाबाट लिइएको हो । क्रियटाको दुईवटै डिजल इन्जिनले २ सय २० एनएम र २ सय ५९ एनएम टर्क उत्पन्न गर्न सम्छ । गाडीमा ६ स्पिडको म्यानुअल र अटोमेटिक ट्रान्समिसनको अप्सन रहेको छ । हुन्डाईको यो एसयुबीको प्रतिस्पर्धा महिन्द्रा स्कार्पियो, निसानको टेरानो र मारुती सुजुकी एस–क्रससँग हुनेछ ।