टाटा मोटर्सको उत्पादन बोल्ट गाडी नेपाली बजारमा, अहिलेसम्मकै उत्कृष्ट भएको कम्पनीको दावी

बिजमाण्डू
२०७२ साउन ९ गते ००:०० | Jul 25, 2015
टाटा मोटर्सको उत्पादन बोल्ट गाडी नेपाली बजारमा, अहिलेसम्मकै उत्कृष्ट भएको कम्पनीको दावी

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले टाटाको नयाँ उत्पादन बोल्ट गाडी नेपाली बजारमा भित्र्याएको छ । ह्याचब्याक कार बोल्ट सिप्रदी ट्रेडिङले शुक्रबार औपचारिक रुपमा नेपाली बजारमा भित्र्याएको हो ।

Tata
GBIME
Nepal Life

सप्रदीले डिजेल र पेट्रोल दुवै सेग्मेन्टमा उपलब्ध बोल्ट गाडी नेपाली बजारमा ल्याएको छ । डिजेल सेग्मेन्टको गाडीको मूल्य २८ लाख ३५ हजार रुपैयाँ रहेको छ भने पेट्रोल सेग्मेन्टको बोल्ट गाडीको मूल्य २३ लाख ९५ हजार रुपैयाँ पर्ने जानकारी सप्रदी ट्रेडिङले दिएको छ ।

टाटा बोल्ट सार्वजनिक कार्यक्रममा टाटा मोटर्सका दक्षिण एसिया क्षेत्रीय प्यासेन्जर भेइकल युनिट प्रमुख सुजन रोयले बोल्ट गाडी नेपाली बजारमा उपलब्ध भएसँगै नेपालमा ह्याचब्याक गाडीको उपस्थिती अझै बलियो भएको दावी गरे । 'बहुप्रतिक्षित बोल्ट नेपालमा प्रवेश गरेको छ, यसले हाम्रा ग्राहकलाई सन्तुष्ठि दिनुका साथै नेपालमा हाम्रो उपस्थिती अझै मजबुत हुने विश्वास हामीले लिएका छौं,' उनले भने ।

कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत शम्भु दाहालले बोल्ट गाडीमा संसारकै नवीनतम प्रविधि प्रयोग भएको भन्दै अहिलेको समयको उत्कृष्ट गाडी भएको दावी गरे । 'यति धेरै विशेषता भएका र इन्धन खपत गर्ने गाडी नेपाल भित्र्याउन पाउँदा हामीलाई पनि खुशी लागेको छ,' दाहालले भने । उनले उत्कृष्ट उत्पादनले ग्राहकको विश्वास जित्ने दावी पनि गरेका छन् ।

मल्ट्री ड्राइभ भोड लगायतका आधुनिक र उत्कृष्ट सुविधाहरु दिइएको बोल्ट गाडी चलाउँदा अत्यन्तै आनन्द आउने कम्पनीले दावी गरेको छ । गाडीमा इको मोड, स्पोर्टी मोड र सिटी मोड गरी तीनवटा ड्राइभिङ मोड राखिएको छ । यी मोडमा राखेर चलाउँदा, गाडीले कम इन्धन खपत गर्ने, धेरै पावर उत्पादन गर्नेलगायतका विशेषयता पनि यसमा राखिएको छ ।

टाटा बोल्ट गाडी विभिन्न पाँच रङ्गमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।