दुईहप्तापछि सुनको भाउ बढ्यो, तोलाको ४८ हजार रुपैयाँमा किनबेच, चाँदीको भाउ पाँच रुपैयाँ बढ्यो

बिजमाण्डू
२०७२ साउन १० गते ००:०० | Jul 26, 2015
दुईहप्तापछि सुनको भाउ बढ्यो, तोलाको ४८ हजार रुपैयाँमा किनबेच, चाँदीको भाउ पाँच रुपैयाँ बढ्यो

काठमाडौं । लगातार दुई हप्तादेखि घटिरहेको सुनको मूल्य आइतबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ४८ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

Tata
GBIME
Nepal Life

शुक्रबार तोलाको ४७ हजार दुईसय रुपैयाँमा कारोबार भएको सुन आइतबार आठ सय रुपैयाँले बढेर ४८ हजार पुगेको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । गएको असार २७ गतेयता घट्दो क्रममा रहेको सुन शुक्रबारसम्म ओरालो लागेको थियो ।

असार २७ गते तोलाको ५० हजार सातसय रुपैयाँमा कारोबार भएको सुन त्यसपछि घटेर ४७ हजार दुईसय रुपैयाँसम्म झरेको थियो । सुनचाँदी व्यवसायीले ४५ हजारसम्म आइपुग्ने अनुमान गरेका थिए । तर अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि बढेको शाक्यले बताए ।

आइतबार चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेर ६ सय ६५ रुपैयाँ पुगेको छ ।